अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका सातजना कसुरदारलाई स्याङ्जा प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनीहरूलाई एकैदिनमा पक्राउ गरेको हो ।
पक्राउ परेका कसुरदारहरुमाथि जबरजस्ती करणी, जालसाजी, चेक अनादर, सम्बन्ध विच्छेद र सार्वजनिक अपराध मुद्दामा स्याङ्जा जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला गरेको थियो ।
उनीहरुलाई कैद भुक्तान तथा चार हजार पाँच सय चौसट्ठी रुपैयाँ पच्चीस पैसा जरिवाना असुलका लागि सोमबारनै स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
जबरजस्ती करणी कसुरमा पक्राउ पर्ने स्याङ्जाको हरिनास गाउँपालिका -६ का डिकुरे भन्ने भीमबहादुर सुनारलाई आठ वर्ष कैद सजाय तोकिएको थियो ।
जालसाजी मुद्दामा पक्राउ परेका कालीगण्डकी गाउँपालिका -४ का हरिप्रसाद पाण्डे, तारा भट्टराई पाण्डे र जोग कुमारी पाण्डेलाई जनही एक हजार रुपैयाँ जरिवाना, चेक अनादर मुद्दामा पुतलीबजार नगरपालिका -२ की राम कुमारी गुरुङलाई पन्ध्र सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, सम्बन्ध बिच्छेद मुद्दामा भीरकोट नगरपालिका -५ की मुना खवासलाई पचास रुपैयाँ र सार्वजनिक अपराध मुद्दामा पक्राउ परेका कालीगण्डकी गाउँपालिका -१ का शिवप्रसाद श्रेष्ठलाई १४ रुपैयाँ २५ पैसा जरिवाना तोकिएको थियो ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।
स्याङ्जा प्रहरीले केही समयदेखि अदालतको फैसलापछि फरार रहेका कसुरदारहरुलाई पक्राउ गर्न तीव्रता दिन थालेको छ ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो