दिनकर नेपाल र मेघ आले (बायाँ) र वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनाल (दायाँ)
स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वय दीनकर नेपाल र मेघ आलेलाई कुटपिट गरेका छन् ।
आँधी खोला संरक्षण अभियानबाट फर्किएका दुई जनालाई खनालले वालिङ–९, सुर्कौदीमा रडले हानेका हुन् ।
नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किँदै गर्दा रडले टाउकोमा हान्दा हेलमेटको सिसा फुटेको र छेक्दा हातमा समेत चोट लागेको नेपालले फेसबुक लाइभमा बताएका छन् ।
‘आँधीखोला दोहनविरूद्ध बोल्दै गर्दा वडाध्यक्षले हामीलाई धम्की दिएर निस्केका थिए, पछि अर्का एकजना सहित बाटो छेकेर हामीलाई रड हाने,’ उनले भने, ‘मैले रड हातले छेक्दा हातमा लागेको छ, हेल्मेट पनि फुटेको छ।’ आलेलाई भने धकेलेर नालीमा लडाइदिएका थिए ।
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गरेको भन्दै उनीहरूले मंगलबार विरोध कार्यक्रम राखेका थिए।
कार्यक्रममा नदी संरक्षण अभियन्ता आलेले अहिलेका कानुन अनुसार नदीमा डोजर प्रयोग गर्न नहुने र ढुंगा, गिटी, बालुवा जस्ता नदीजन्य पदार्थ निकाल्नुअघि वातावरणीय अध्ययन गर्नुपर्ने धारणा राखेका थिए।
आँधीखोलामा स्थानीय प्रशासन र जनप्रतिनिधिकै मिलोमतोमा गैरकानुनी दोहन भएको भन्दै उनीहरूले आँधीखोला बचाउ अभियान थालेका थिए।
अभियन्ता आले र नेपालविरूद्ध रड प्रहार गरेका वडाध्यक्ष खनाल सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले कुटपिटको सूचना प्राप्त हुने बित्तिकै वडाध्यक्ष खनाललाई सम्पर्क गर्दा नलागेको प्रतिक्रिया दिएका छन् । पीडित नेपालले भने घटनास्थल नजिकै रेष्टुरेन्टमा छिरेको जनाए ।
पीडितद्वयले स्याङ्जा प्रहरीमा किटानी जाहेरी दिँदैछन् ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’