पोखरा– पोखरा महानगरपालिका ६, लेकसाईड घर भएका २७ बर्षिय सुरज नेपाली एक सातादेखि वेपत्ता भएका छन ।
केहि महिनादेखि पोखराकै बिरौटास्थित डेरामा बस्दै आएका उनी गत १० गते राति खाना खाएर सुतेकोमा बिहान उठ्दा नभेटिएका परिवारले बताएका छन । ‘राति खाना खाएर दश बजेसम्म टिभी हेरेर सुत्न जानुभएको थियो,’ श्रीमति संगिताले भनिन ‘बिहान उठ्दा ढोका खुल्ला थियो । चारैतिर खोजियो कहि कतै फेला पार्न सकिएन ।’
गहुँगोरो बर्णका सुरजले घरबाट निस्कदा सेतो हाफ पाईन्ट, रातो र सेतो मिक्स टिसर्ट र कलेजी रङ्गको चप्पल लगाएका श्रीमति संगिताले बताईन । अन्दाजी पाँच फुट पाँच ईन्च अग्लो सुरजको दाहिने खुट्टाकाृ पिडौलामा काटेको खत भएको परिवारले बताएका छन ।
सुरजले तीन बर्षअघिदेखि मानसिक सन्तुलनमा समस्या देखिएकोले त्यसको औषधि सेवन गरिरहेका परिवारले वताएका छन । उनी कहि कतै बाटोमा असामान्य अवस्थामा भेटिएमा नजिकको प्रहरी चौकी वा फोन नं ९८०६६५८२५९ र ९८०४१४४००१ मा खवर गरिदिन वुवा होमबहादुरले सबैसँग अनुरोध गरेका छन । परिवार र आफन्तले पोखरा आसपासका क्षेत्रमा दिनरात खोजि गर्दा पनि फेला नपरेपछि निरास बन्न पुगेका छन ।
सम्बन्धित खबर
स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २० जना घाइते
राम्दी–गल्याङ नाकाबाट पर्यटकलाई स्वागत, स्याङ्जाले सुरु गर्यो नयाँ पर्यटन अभियान
२५ वर्षअघि चोरी मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
फेवातालमा बेपत्ता युवकको शव फेला
स्याङ्जामा ट्राफिक प्रहरीको निगरानी कडा, सवारीका झल्लर र फोकस लाइट हटाइँदै
वालिङमा कृषि व्यवसाय विस्तार, दुई हजार किसानको आम्दानीमा टेवा
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्