पोखरामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको लिग चरण अन्तर्गत आज भएको अन्तिम खेलमा पर्वतले गोरखामाथि ४९ रनको शानदार जीत दर्ता गरेको छ।
पोखरा रंगशालमा गोरखाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रेको पर्वतले ६ विकेट गुमाएर १४८ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो। पर्वतका लागि अभिराज पटेलले आक्रामक पारी खेले। उनले ३२ बलमा ५ छक्कासहित नटआउट ४७ रन बनाए।
त्यसैगरी, राजु थापाले ४४ बलमा ४ चौकासहित ३७ रन, सरोज खत्रीले १९ रन र विनोद नेपालीले ८ बलमा नटआउट १५ रनको योगदान दिए।
गोरखातर्फ बलिङमा स्वरुपराज श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए भने जीवन कार्कीले २ विकेट हात पारे।
१४९ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गोरखा टोली १७ ओभरमै ९९ रनमा समेटियो। ओपनर रुपेश बस्यालले १६ र युनिस थापाले २२ रन बनाए पनि अन्य खेलाडीहरूले उल्लेखनीय योगदान दिन सकेनन्।
पर्वतका बलर सन्दीप बि.क.ले ३ ओभरमा १९ रन खर्चेर ४ विकेट लिएर गोरखाको पारी धराशायी बनाए। कप्तान अमृत गुरुङले पनि ४ ओभरमा २ विकेट लिए। उत्कृष्ट प्रदर्शनका लागि सन्दीप बि.क. ‘प्लेयर अफ द म्याच’ घोषित भए।

समूह बीमा पर्वतसँगै कास्की र नवलपुर सशक्त टीम थिए । समूह ‘बी’ को समग्र अंक र नेट रन रेटको आधारमा नवलपुर फाइनलमा प्रवेश गर्न सफल भएको छ। पर्वत, कास्की र नवलपुरले समूहमा समान २–२ खेल जित्दै ४–४ अंक जोडेका थिए। नवलपुरको नेट रन रेट १.९९२४ रहेर शीर्ष स्थानमा रहँदा कास्कीको १.४८३३ र पर्वतको ०.८३०२ मात्र रह्यो।
यससँगै नवलपुर समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको हो। फाइनलमा अब नवलपुरले समूह ‘ए’को विजेता टोली स्याङ्जासँग खेल्नेछ ।
गण्डकी प्रदेश खेलकुद परिषद्को प्रवर्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा ८ जिल्लाले सहभागिता जनाएका छन्। संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ। साथै, प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’