मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् ।
लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आइतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, कृषि लगायतका सम्भाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना सम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन अहोरात्र पुर्याएको योगदानको उच्च प्रशंसा र मूल्यांकन गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयले गाउँसभाका अवसरमा नगद दश हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।
मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास, सुशासन, समृद्धि र जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना सम्प्रेषण गर्दै विगत बाह्र वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।
गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।
गत वर्ष पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । यसअघि पनि थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् ।
पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट सुरुआती पत्रकारिता सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट र राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । यसअघि पत्रकार थकालीले राजधानी दैनिक, ईमेज टेलिभिजन लगायतमा जिल्ला सम्वाददाताको रुपमा काम गरिसकेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह