मुस्ताङका क्रियाशील पत्रकार थकाली सम्मानित

सम्मान

मुस्ताङका क्रियाशील पत्रकार थकाली सम्मानित

sk thakali

मुस्ताङका क्रियाशील पत्रकार सुन्दरकुमार थकाली सम्मानित भएका छन् ।

लामो समयदेखि मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आइतबार नगद पुरस्कारसहित सम्मान गरेको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, कृषि लगायतका सम्भाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना सम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन अहोरात्र पुर्‍याएको योगदानको उच्च प्रशंसा र मूल्यांकन गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कार्यालयले गाउँसभाका अवसरमा नगद दश हजार पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो ।

मुस्ताङ जिल्लाको समग्र आर्थिक विकास, सुशासन, समृद्धि र जिल्लाको धार्मिक, सांस्कृतिक, सामाजिक, जैविक विविधता लगायतमा खोज पत्रकारिता र समसामयिक घटनाहरुको सूचना सम्प्रेषण गर्दै विगत बाह्र वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आईरहेका मुस्ताङका पत्रकार थकालीलाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको हो ।

गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।

गत वर्ष पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । यसअघि पनि थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् ।

पोखराबाट प्रकाशित आदर्श समाज राष्ट्रिय दैनिकबाट सुरुआती पत्रकारिता सुरु गरेका पत्रकार थकाली हाल समाधान राष्ट्रिय दैनिक, अन्नपूर्ण पोस्ट र राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् । यसअघि पत्रकार थकालीले राजधानी दैनिक, ईमेज टेलिभिजन लगायतमा जिल्ला सम्वाददाताको रुपमा काम गरिसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ