तनहुँ — देवघाट गाउँपालिका–५ बद्रीमुक्तिका ३२ वर्षीय प्रकाश पौडेलको हत्या अभियोगमा फरार रहेका एक जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी बर्दिबास नगरपालिका–१ बस्ने ४६ वर्षीय लोकबहादुर महतलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका महतलाई चितवनको भरतपुर महानगरपालिका–१ स्थित रोटरी क्लबले सञ्चालन गरेको वृद्धाश्रममा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विकले जानकारी दिए ।
यसअघि उक्त घटनामा संलग्न रहेको अभियोगमा पाल्पाको तानसेन नगरपालिका–८ नयाँपाटी बस्ने २८ वर्षीय बुद्धि सारु मगर र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ हटिया बस्ने ४२ वर्षीय राम लामा पक्राउ परिसकेका छन् ।
बिहीबार बिहान पौडेल घरदेखि अन्दाजी तीन सय मिटरको दूरीमा रहेको कच्ची सडकमा लडिरहेको अवस्थामा स्थानीयबासीले भेटेका थिए । उनलाई तत्काल उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीको नेतृत्वमा पुगेको टोलीले सूक्ष्म रूपमा अनुसन्धान गर्दा उनीहरू मादक पदार्थ सेवन गरी झैझगडा गरेको खुल्न आएको छ । पक्राउ परेका तीन जनाले पौडेललाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो