अदालतको फैसलापछि पनि फरार रहेका विभिन्न मुद्दाका आठजना कसुरदारलाई स्याङ्जा प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अप्रेसन टोलीले उनीहरूलाई एकैदिनमा पक्राउ गरेको हो ।
पक्राउ परेका कसुरदारहरुलाई लेनदेन, जालसाजी, बैंकिङ कसुर, चोरी, सम्बन्ध विच्छेद र दुनियाँबादी फौजदारी विविध मुद्दामा स्याङ्जा जिल्ला अदालतले विभिन्न मितिमा कैद तथा जरिवाना सजायको फैसला गरेको थियो ।
उनीहरुलाई कैद भुक्तान तथा एक लाख चार हजार पाँच सय पचास रुपैयाँ एक्काईस पैसा जरिवाना असुलका लागि आइतबारनै स्याङ्जा अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
लेनदेनको कसुरमा पक्राउ पर्ने स्याङ्जाको वालिङ् नगरपालिका -९ का बुद्धि प्रसाद अर्याललाई एक सय पच्पन्न रुपैयाँ एक्काईस पैसा जरिवाना सजाय तोकिएको थियो ।
जालसाजी मुद्दामा पक्राउ परेकी वालिङ् नगरपालिका -१ की उमकला उपाध्यायलाई तीन सय पचहत्तर रुपैयाँ जरिवाना तोकिएको थियो । दुनियाँबादी फौजदारी विविध कसुरमा पक्राउ परेका भीरकोट नगरपालिका -५ का कृष्ण बहादुर मल्ललाई पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
सम्बन्ध बिच्छेद मुद्दामा पुतलीबजार नगरपालिका -९ की मनिला गुरुङलाई दुई सय पचास रुपैयाँ र कालीगण्डकी गाउँपालिका -१ का भक्तराम कोइरालालाई एक सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
यस्तै, चोरी मुद्दामा कालीगण्डकी गाउँपालिका -२ की भुल बटेनी भन्ने दिला पाण्डेलाई एक हजार छ सय सत्तरी रुपैयाँ जरिवाना र पुतलीबजार नगरपालिका -२ का टेकबहादुर गुरुङलाई २ वर्ष एक महिना छ दिन कैद सजाय, बैंकिङ कसुर मुद्दामा तनहुँ भिमाद नगरपालिका -१ का नारायण प्रसास पौडेललाई चार दिन कैद र एक लाख एक हजार पाँच सय रुपैयाँ जरिवाना तोकिएको थियो ।
अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाई न्यायीक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताको लागि फरार प्रतिवादीहरु पक्राउ गरिरहेको प्रवक्ता चौधरीले बताए ।
स्याङ्जा प्रहरीले केही समयदेखि `एक दिन, एक फरार कसुरदार पक्राउ अभियान´ नै सञ्चालन गरी अदालतको फैसलापछि फरार रहेका कसुरदारहरुलाई पक्राउ गर्न तीव्रता दिन थालेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ