स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन हुनुहुँदैनः मुख्यमन्त्री पाण्डे

स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन हुनुहुँदैनः मुख्यमन्त्री पाण्डे

surendra-raj-pandey

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रताको नाममा पत्रकारितामा छाडापन हुन नहुनेमा जोड दिएका छन् । उनले यस्ता प्रवृत्ति देखिन थालेको भन्दै तथ्यमा आधारित प्रमाणसहितको पत्रकारिता हुनुपर्ने बताए ।

प्रदेशसभामा पत्रकारिता, सूचनाको हक र मिडिया नियमनसम्बन्धी विषयमा धारणा राख्दै मुख्यमन्त्री पाण्डेले भने, ‘स्वतन्त्रता भनेको छाडातन्त्र होइन । पत्रकारले लेख्ने हक छ, तर त्यो तथ्यमा आधारित हुनुपर्छ । मन लाग्यो भनेर लेखिने समाचारले व्यवस्थामाथि नै खतरा ल्याउन सक्छ ।’

पत्रकारिता गर्न सूचनाको हक प्रयोग गरेर प्रमाण खोज्न सकिने सुझाउँदै उनले ४ वर्षअघि बन्द अवस्थामा रहेको मिडिया काउन्सिलसम्बन्धी विधेयक आफूले अघि सारेको उल्लेख गरे । उनले पत्रकारिता नियमन राज्यको मात्र नभई सञ्चारकर्मीहरूको पनि साझा जिम्मेवारी भएको बताए ।

पाण्डेले पत्रकारहरूलाई तथ्य खोज्न र प्रमाणसहित समाचार प्रकाशन गर्न आग्रह गर्दै भने, ‘तपाईंहरू आउनुहोस्, कार्यालयमै आउनुहोस्, सूचनाको हक लिनुहोस् । त्यसपछि लेख्नुहोस् ।’

उनले भने, ‘हामीले ल्याएको यो लोकतन्त्र सजिलोसँग गुम्न सक्छ । पत्रकारहरू पहिलो शिकार हुन सक्नुहुन्छ । तपाईंहरूको कलम भाँचिएपछि मात्रै हाम्रो मुख थुनिन्छ ।’

मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमा व्यक्त हुने रिसइबी र अफवाहहरूले मेनस्ट्रीम मिडिया प्रभावित भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘सामाजिक सञ्जालमा केही लेखियो, त्यसको भोलिपल्ट मिडियामा समाचार आउँछ । के सूचना हो र के होइन भन्ने छुट्याउनैपर्छ,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ