पोखरा १९ असोज । पोखरा महानगरपालिका वडा नम्वर १९ ले वडाभित्र भैरहेका विकास निर्माण आयोजनाको अनुगमन गरेको छ।
गत आर्थिक वर्षमा निर्माण शुरु भएर सम्पन्न भएका र हाल निर्माणाधिन ८ वटा योजनाको अनुगमन गरी कार्य प्रगतिका विषयमा जानकारी लिएको अनुगमन समितिका सदस्य डिल्लीराम पौडेलले जानकारी दिए ।
वडाध्यक्ष शोभामोहन पौडेलको नेतृत्वमा गएको टोलिले वडा नम्वर १९को घार्मीमा भएका विकास निर्माणको अनुगमन गरेको हो।टोलीले यस आर्थिक वर्षमा निर्माण सम्पन्न भएका घटटाको टूडो राम्चे गा्रमिण सडक,गायत्री लिफ्टिङ खानेपानी योजना,ओमकारेश्वर मन्दिरको पर्खाल निर्माण,राम्चे मैदान सडक,जनजागरण आमा समुहको भवन,वेंशीचोक घार्मी मैदान सडक र निर्माणाधिन अमलाविसौनी घार्मी आलेबारी अम्बरेश्वर ग्रामिण सडक, लामाचौर घार्मी वृहत खानेपानी योजनाको अनुगमन गरेको हो।
त्यस अवसरमा उपभोक्ता समितिका पदाधिकारीले निर्माण कार्यको अवस्थाका विषयमा जानकारी गराएका थिए। पहिलो चरणमा ८ वटा आयोजनाको अनुगमन गरेपनि वडाका सवै आयोजनाको अनुगमन गरी निर्माण कार्यलाई प्रभावकारी बनाइने वडाध्यक्ष पौडेलले बताए ।
टोलीमा वडाध्यक्ष पौडेल सहित वडा सदस्य कृण्ण गौतम, कोपिला के।सी,तारा परियार,वडा सचिव कृण्ण पौडेल,ईन्जिनियर हरि बस्नेत,महेन्द्र भट्टराई,अनुगमन समितिका महेश्वर पौडेल, माधव पौडेल, सडकका संयोजक कमलमोहन आचार्य,डिल्लीराम पौडेल,धर्मराज आचार्य,माधव प्र।पौडेल,गोपाल पौडेल,जित ब।वि।क,ढुण्डिराज पौडेल,पत्रकार कृण्ण अन्जान ज्ञवाली,नवराज के।सी,सुजन पाण्डे,शिव प्र।पौडेल र होमनाथ आचार्य सहभागी थिए ।
वडाले यस आर्थिक वर्षका लागि छनौट गरेका आयोजनालाई प्रभावकारी बनाउने र समयमै काम संम्पन्न गर्ने योजना अगाडि सारेको छ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए