पोखरा । गण्डकी प्रदेश सभाको बैठकमा सदस्यहरुले समसामयिक विषयमा प्रदेश सभा र सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको सोमबार शुन्य समयमा सदस्यहरुले विनियोजित वजेट र प्रदेश सरकारका योजनाको कार्यान्वयन लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।
सो अवसरमा प्रदेश सभा सदस्य भिम बहादुर कार्कीले नेपाल पवर्तरोहण संघद्वारा पोखरा महानगरपालिका वडा नं. १७ रातोपैह्रामा सञ्चालित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय मा प्रदेश वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रकम कार्यान्वयका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
स्थानीय सरकार, स्थानीयवासिन्दा र संग्रहालय बीच समन्वयको अभावमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको उक्त संग्रहालय परिसरमा बोटानिकल गार्डेन निर्माणका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल पर्वतारोहण संघले १६ वटा हिमचुचुराको रोयल्टि र संग्रहालय अवलोकनकर्तालाई टिकट बिक्रीबाट राम्रो आयआर्जन गर्ने आधार भएको संस्थालाई वजेट विनियोजन गरि थप आकर्षक बनाउँदै पर्यटक प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले विवादको टुङ्गो नलाउँदै वजेट विनियोजन गर्दा कार्यान्वयमा समस्या सिर्जना हुने बिषयमा सचेत हुनु पर्नेमा जोड दिए ।
संग्रहालयले कानूनी मान्यता प्राप्त गरि स्थानीय जनप्रतिनिधि र जनता बीच समन्वय गरि विनियोजित वजेट कार्यान्वयनमा जोड दिनुपर्नेमा उनको भनाई थियो ।
संग्रहालयले पर्खाल बाहिर सडक छेउको मापदण्डमा पर्ने जग्गामा पोखरा महानगरपालिका वडा नं. १७ को आर्थिक सहयोग र स्थानीयवासिन्दाको पलहमा सौन्दर्यकरणका लागि निर्माण गरिएका संरचनाको विरोध जनाउँदै सडक छेउमा तारवारका लागि फलामे पोल गाडेपछि दुई पक्ष बीच द्वन्द बढेकोे हो ।
पूर्वतर्पm सेतीको डिलभिर र पश्चिमतर्पm तारवार गर्दा वाटोमा आवतजावत गर्ने पर्यटक, विद्यार्थी, जेष्ठनागरिक सहितका पैदलयात्री दुर्घटनाको उच्च जोखिम रहेको भन्दै स्थानीय विभिन्न संघसंस्था र व्यक्तिले तारवार नलगाउन, बाटोमा रहेको शौचालय हटाउन संग्रहालय लगायत पोखरा महानगरपालिकामा सामुहिकरुपमा ध्यानाकर्षण गराएकोे बताइएको छ ।
शुन्य समयमा प्रदेश सभासदस्यहरु सुदिपकुमार पौडेल, सितासुन्दास, कल्पना तिवारी, लिला बहादुर थापामगरले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?