बागलुङमा बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

अपराध

बागलुङमा बालिकालाई सामूहिक बलात्कार आरोपमा ३ जना पक्राउ

baglung 3

बागलुङ । बागलुङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बडिगाड गाउँपालिका ८ का ३० वर्षीय यम प्रसाद श्रेष्ठ, २५ वर्षीय गुण बहादुर श्रीस र ३५ वर्षका झमु श्रीस रहेका छन् ।

प्रहरीका अनुसार गत जेठ २८ मा साँझको समयमा आफन्तको घरबाट फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई उनीहरुले बुर्तिवाङ स्थित खोला किनारमा बलात्कार गरेको आरोप छ ।

उनीहरुले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई बागलुङ अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ