शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

उत्कृष्ट नतिजा

शान्ति निकेतनका निश्चल र अनुपमले ल्याए ४ जीपीए

गत वर्ष अदिती पराजुलीले ल्याएकी थिइन्

Nischal Anupam

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पोखरा वडा नंं ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलका दुई छात्रले ४ जीपीए प्राप्त गरेका छन् ।

शुक्रबार प्रकाशित नतिजा अनुसार शान्ति निकेतनका निश्चल कोइराला र अनुपम पराजुलीले ४ जीपीए प्राप्त गरेको विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले जानकारी दिए । गत वर्ष अदिती पराजुली ग्रेडिङ सिस्टम लागु भएपछि विद्यालयमै पहिलोपटक ४ जीपीए ल्याउने विद्यार्थी बनेकी थिइन् ।

यसपटक विद्यालयकाे नतिजामा झनै सुधार ल्याउन सफल भएको र यस नतिजाले विद्यालय परिवारमा खुशीयाली छाएको डा. पराजुलीले बताए ।

सह-प्राचार्य यदुविलास भुर्त्यालका अनुसार विद्यालयबाट परीक्षामा सहभागी ३९ विद्यार्थीमा शतप्रतिशत उत्तीर्णका साथ सन्तोषजनक नतिजा प्राप्त गरेको छ ।

शान्ति निकेतन २०६७ र २०७१ मा शतप्रतिशत विशिष्ट श्रेणी उत्तीर्ण गराउन सफल भएको विद्यालय हो ।

४ जीपीए ल्याउने निश्चल र अनुपम सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ