योग प्रशिक्षक विनाको निधन

योग प्रशिक्षक विनाको निधन

bna

पोखरा । योग विज्ञानका प्रशिक्षक विना केसी खवासको निधन भएको छ।

पोखरा १६ बाटुलेचौर निवासी विनाको ५९ वर्षको उमेरमा शनिबार बेलुका उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ।लामो समयदेखि अस्वस्थ रहेकी उनको आईतबार धार्मिक परम्परा अनुसार लामाचौरस्थित सती नर्वदा घाटमा अन्त्यष्टी गरिएको हो । यसअघि उनको निवासबाट शुरु भएको शवयात्रा नर्वदा घाटमा पुगेर शोक सभामा परिणत भएको थियो। स्वर्गीय खवास प्रति स्थानीयले पुष्प गुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिएका थिए।

हिमालय योग साधना केन्द्रकी योग प्रशिक्षक रहेकी खवासको निधनले त्यस क्षेत्रकाे सामाजिक तथा योग साधनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको स्थानीयले बताए। उनीहरूले स्वर्गीय खवासले आफ्नो जीवनकालमा पुर्याएको योगदानको स्मरण समेत गरे । स्वर्गीय खवासका श्रीमान र २ छोरी छन्।

यसैबिच कार्य समिति सदस्य खवासको निधन प्रति हिमालय क्लवले दु:ख व्यक्त गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ