पोखरा । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका संस्थापक केन्द्रीय सदस्य प्राडा रविलाल अधिकारीको ८१ औं जन्म जयन्तीको सन्दर्भमा महासंघ नेपाल गण्डकी प्रदेश समितिले सोमबार खुला कविता प्रतियोगिता गरेको छ ।
प्रतियोगितामा महान त्यागी प्रथम, निकेश गिरी द्वितीय, रोशन तिमिल्सिना तृतीय र रमा खतिवडाले सान्त्वना पुरस्कार पाएको महासंघ नेपाल गण्डकी अध्यक्ष शंकरविरही गुरुङले जानकारी दिए ।
कविता प्रतियोगिता छनोट भएका उत्कृष्ट १५ कविले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः ११ हजार १ सय ११, ८ हजार ८ सय ८८, ६ हजार ६ सय ६६ र ४ हजार ४ सय ४४ सहित प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको निर्णायकमा निर्मल सापकोटा, दुर्गाबहादुर शाह ‘बाबा’ र छन्दिका त्रिपाठी थिए ।
कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सचिव तथा जनसंगठन समन्वय प्रमुख धनञ्जय दवाडी, महासंघ नेपालका केन्द्रीय सचिव सुवास मल्ल, महासंघ नेपाल गण्डकी प्रदेशका सल्लाहकार मनकुमार श्रेष्ठ, प्राडा अधिकारीकी पत्नी सम्झनादेवी अधिकारी, महासंघ नेपाल गण्डकीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रेमराज अधिकारी, सचिव भूपेन बानियाँ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो