पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोडको १६औं वार्षिक पदस्थापना समारोह बुधबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा क्लबका नयाँ अध्यक्ष तथा कार्यकारी समितिका सदस्यहरूले पद तथा गोपनियताको सफत ग्रहण गरे।
समारोहमा रोटेरियनहरू, स्थानीय नेतृत्व तथा आमन्त्रित अतिथिहरू उपस्थित थिए। बर्ष २०२५/२६ का नयाँ अध्यक्ष अमृत राज बास्तोलाले आफ्नो कार्यकालमा समाज सेवा, बाताबरण, शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा क्लबले गर्ने कार्यक्रमहरूबारे योजना प्रस्तुत गरेका थिए।
सो अबसरमा रोटरी बर्ष २०२४/२०२५ का अध्यक्ष दिपेन्द्र शर्माले स्थानीय समुदायलाई सेवा पुर्याउदै रोटरी क्लबले आफ्नो कार्यकालमा गरेका उपलब्धिहरू समेत प्रस्तुत गरेका थिए । रोटरी क्लब अफ पोखरा न्युरोडले गत वर्षहरूमा संचालन गरेका विभिन्न सामाजिक अभियानहरूलाई नयाँ समितिले पनि अगाडि बढाउने बताईएको छ ।
प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिस्टिक्ट ३२९२ का डिस्टृक्ट गभर्नर ईलेक्ट बिष्णु बहादुर कार्कीले कार्यक्रमको उद्घाटन गर्दै रोटरी क्लबले रोटरी इन्टरनेशनलको उद्देश्य संग म्याच हुने गरि काम गर्नु पर्ने बताएका थिए ।
कार्यक्रममा सहसचिव बर्षा केशव पराजुलीलाई रोटरी क्लब अफ दी इअर अवार्ड, रबिन्द्र शर्मालाई हाइएस्ट एटेन्डेन्स अवार्ड प्रदान गरिएको थियो भने संस्थापक अध्यक्ष रवि प्रसाद बराल, पुर्व अध्यक्ष सुबास सिग्देल र प्रेम प्रसाद शर्मालाई क्लबका गतिविधिमा सहयोग गरेकोमा क्लब अध्यक्ष दिपेन्द्र शर्माले बिशेष सम्मान गरेका थिए ।
त्यसै गरि पोखरा महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष हिमलाल बराल, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, दरबारथोक एडभरटाइजिङ एजेन्सीका कृष्ण रानाभाट, रोटरी क्लब अफ पोखरा न्युरोडका पदाधिकारी तथा सदस्यहरु, विभिन्न रोटरी र रोट्रयाक्ट क्लब अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
सो अबसरमा क्लबका पुर्व अध्यक्ष एवं डिस्टृक्ट सेक्रेटरी सुभास सिग्देलले रोटरी क्लबले समाजमा उत्कृष्ट र दीर्घकालीन काम गर्ने अन्तरास्ट्रिय सामाजिक संस्थाको रूपमा चिनाएको बताउँदै नयाँ नेतृत्वलाई पनि त्यसरी नै काम गर्न आग्रह गरेका थिए ।
एसिस्टेन्ट गभर्नर रवीन्द्रनाथ बास्तोलाले क्लबले राम्रो काम गरेको बताउँदै नयाँ नेतृत्वले आफ्नो योजना अनुसारका कामका साथै अघिल्लो बर्षका कार्यक्रम लाई निरन्तरता दिन सुझाव दिएका थिए ।
पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले रोटरी क्लबले पोखरा महानगरपालिका भित्र पहिलो धुँवामुक्त वडा बनाउने उद्देश्य लिएकोमा धन्यवाद दिदै उक्त ग्राण्ड परियोजनामा सहकार्य गर्न यसै आर्थिक बर्षमा वडा बाट ३० लाख रुपैयाँ छुट्टयाइएको बताए ।
पदस्थापन कार्यक्रमका संयोजक एवम् पुर्व अध्यक्ष टुवराज बास्तोलाले डिस्टीक्ट गभर्नर इलेक्ट बिष्णु बहादुर थापाको संक्षिप्त परिचय दिएका थिए ।
क्लब अध्यक्ष अमृत बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गिता सिग्देल धन्यवाद ज्ञापन उपाध्यक्ष पुष्प राज पराजुलीले र संचालन सचिव बर्षा केशब पराजुलीले गरेका थिए । कार्यक्रममा क्लबको सम्पुर्ण गतिबिधी समेटिएको स्मारिका बिमोचन समेत गरिएको क्लबका ईडिटर छबि सुबेदीले बताए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह