पोखरा । पोखरा महानगरपालिकाले शुक्रबारको सार्वजनिक सुनुवाइमा सहभागिताका लागि त्यसका लागि जनप्रतिनिधीलाई ‘म्यासेज’मार्फत उपस्थित हुन अनुरोध गरेको थियो । ।
“श्री वडाध्यक्षज्यूहरू सबै, कार्यपालिका सदस्यज्यूहरू सबै, महाशाखा प्रमुखज्यूहरू सबै, पोखरा महानगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध छ ।” महानगरपालिकाले पठाएको म्यासेजमा भनिएको छ ।
शुक्रबार दिउँसो २ बजे पोखरा सभागृहमा कार्यक्रम हुने पनि जानकारी दिइएको छ । तर, महानगरले पठाएको यो सन्देशलाई लिएर नगरसदस्यहरुले भने विमति जनाएका छन् ।
म्यासेज वडाध्यक्षदेखि कार्यपालिका सदस्य र महाशाखा प्रमुखलाई बोलाइएको छ । तर, नगरसदस्यहरूलाई भने सम्बोधन गरिएको थिएन ।
त्यसकै विरोधमा महानगरका चार सदस्यले कार्यक्रमको विरोध गरे । उनीहरूले जनप्रतिनिधिलाई विभेद गरेको भन्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमक्ष लिखित निवेदन पेस गरे ।
पोखरा ४ का वडा सदस्य प्रकाश कोइराला, ३३ का प्रकाश कार्की, ११ का सुशील बास्तोला र १० का पूर्णचन्द्र न्यौपानेले पत्र लेखेर वडा सदस्यलाई विभेद गरिएको भन्दै विरोध जनाएका थिए ।।
उनीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको पत्रमा वडासदस्यहरूलाई पनि कार्यक्रममा निम्ता गर्न माग गरे।
उनीहरूले निम्न माग राखे:
– आगामी दिनमा आयोजना गरिने यस्ता सार्वजनिक कार्यक्रमहरूमा वडा सदस्यहरूको अनिवार्य सहभागिता सुनिश्चित गरियोस् ।
– वडा सदस्यलाई बेवास्ता गर्ने कुनै पनि कार्य प्रणाली तत्काल सच्याइयोस् ।
– यस प्रकारको असमान र विभेदकारी कार्यशैलीप्रति नगरप्रशासनले ध्यानाकर्षण गराउन चाहान्छौँ ।
शुक्रबारकै सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ पोखरा बाहिर रहने जानकारी आएको हुँदा उपप्रमुखसँग सम्बन्धित प्रश्नको जवाफ कसले दिन्छ भन्ने प्रश्न पनि उनीहरुले उठाएका थिए ।
“सार्वजनिक सुनुवाइ स्थानीय सरकारको पारदर्शिता प्रक्रियामा अत्यन्त महत्वपूर्ण र निर्णयकारी भूमिका राख्ने संवैधानिक अंग हो । सार्वजनिक सुनुवाइजस्ता सहभागी लोकतन्त्र प्रवद्र्धन गर्ने अवसरहरूमा सम्पूर्ण वडा सदस्यको सहभागिता अपरिहार्य र न्यायसंगत हुनुपर्दछ,” पत्रमा भनिएको छ ।
उनीहरूले वडासदस्यहरूको काम नगरसभामा जाने मासुभात खाने र ताली पड्काउने मात्र नरहेको चेतावनी समेत दिएका थिए ।
पोखरा महानगरपालिकाले भने यसअघि पठाइएको म्यासेजमा गल्ती भएको स्वीकार गर्दै वडा सदस्यहरूलाई समेत सम्बोधन गरेर नयाँ म्यासेज पठाएको महानगरले जनाएको छ ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला