पोखरा । पोखरा इञ्जिनियरिङ कलेज (पीईसी) मा विद्यार्थीको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पोखरा– ८ फिर्केस्थित पोखरा इञ्जिनियरिङ कलेजले चार वर्षे वि.ई सिभिल, बी.ई. कम्प्युटर र पाँच वर्षे बि.आर्किटेक्चर विषयको अध्ययन पूरा गरेका विद्यार्थीहरुको विदाई तथा उत्कृष्ट विद्यार्थी सम्मान गरेको हो ।
विदाई कार्यक्रममा शुक्रबार प्रमुख अतिथि प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले सिप र ज्ञान हाँसिल गरेका विद्यार्थीहरुको पहिलो रोजाई स्वदेश नै हुनुपर्ने बताए । देशमा दक्ष जनशक्तिको खाँचो रहेका बताएका उनले इन्जिनियरिङ विधामा स्नातक सकेका विद्यार्थीका लागि विश्व बजारमा नै अवसर खुलेपनि स्वदेशमा नै केही गर्ने सोच राख्नुपर्ने धारणा राखे । उनले इन्जिनियरहरु प्रशासनीक क्षेत्रमा प्रवेश गर्ने हो भने देशले नयाँ ढंगले फड्को मार्नसक्ने उल््लेख गरे ।
कार्यक्रममा कलेजका प्रिन्सिपल ई. सोम गुरुङले विदाई भएर जाँदै गरेका विद्यार्थीहरुको उज्वल भविश्यको कामना गरे । अबका दिनहरुमा अवसरका ढोकाहरु खुल्दै जाने उनले बताए । उनले प्राप्त उपलब्धीलाई जिम्मेवारीपूर्ण ढंगले सम्पादन गर्न आग्रह गरे ।
कलेजका संस्थापक डाइरेक्टर अम्मर गुरुङले कलेजमा रहँदा सिकेको सिप र ज्ञानलाई आफ्नो जीवनमा उतार्न र उपयोग गर्दै सेवाप्रवाहमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । विद्यार्थीको पोर्टफोलियो बनेको चर्चा गरेका उनले त्यसलाई सहिढंगले उपयोग गर्नुपर्नेमा जोड दिए ।
बिदाई कार्यक्रममा स्वतन्त्र विद्यार्र्थी परिषदका पूर्व सचिव निलम डुम्रेले शुभकामना दिएका थिए भने, विद्यार्र्थीको तर्फबाट सिभिल इन्जिनियरिङ सातौं समेस्टरका विद्यार्थी अभिनास सुवेदीले स्वागत, विदाई भएका विद्यार्थी सिभिल इन्जिनियरिङ आठौं सेमेस्टरका सुरोज पौडेलले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन रोशनी केसी र सुजिता शर्माले गरेका थिए ।
कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङका अनुसार सिभिल इन्जिनियरिङ तर्फका ८१ जना, कम्युटर इन्जिनियरिङ तर्फका २५ जना, बी.आर्किटेक तर्फका २१ जना गरेर स्नातक तह सकेका १२७ जनालाई विदाई गरिएको हो ।
विदाई भएका मध्ये ३.९ एसजीपीए देखि ४ एसजीपीए ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । २३ जनाले चार एसजीपीए ल्याएका उनले जानकारी दिए । विदाई भएका सबै विद्यार्थीलाई मायाँको चिनो प्रदान गरिएको छ ।
प्रशासक गुरुङका अनुसार पोखरा इन्जिनियरिङ कलेजले हालसम्म २ हजार भन्दा बढी इन्जिनियर उत्पादन गरिसकेको छ भने, एमएसी इन कन्स्ट्रक्सन म्यानेजमेन्ट तर्फ २५० हाराहारीमा पास आउट भइसकेका छन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’