पोखरा । लेखक तथा साहित्यकार अनिल कार्कीद्वारा लिखित उपन्यास “मिथकको हकदावी” सार्वजनिक गरिएको छ ।
गैह्रपाटनस्थित उद्योग वाणिज्य संघको अमृत कक्षमा कवि, साहित्यकार तथा लेखक सरुभक्त श्रेष्ठ, गनेस पौडेल, गौरी तमु, त्रिवेणी सहित लेखक कार्कीले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरेका हुन्।

सार्वजनिकीकरण कार्यक्रमलाई स्वागत गर्दै कवि तथा लेखक गनेस पौडेलले लेखक कार्की फोटोग्राफी तर्फ अत्यन्त रुचि राख्ने र मूलतः मानवीय संवेदनालाई छुन सक्ने एउटा भावात्मक र प्रेमिल मनका व्यक्ति भएको बताए।
उनले यस उपन्यासको सुरुवाती लेखनका क्रममा लेखक कार्कीले उपन्यासको परिकल्पना सुनाएको स्मरण गर्दै त्यति बेलै पहिलो अध्याय सुनेर आनन्दित भएको र सुन्दर किताब आउँदैछ भन्ने महसुस गरेको बताए।

उपन्यासमाथि चर्चा गर्दै साहित्यकार, विश्लेषक तथा लेखक गौरी तमुले ‘कुनै एक समुदायको संस्कृतिलाई अर्को समुदायले कसरी हेरिरहेको हुन्छ ?’ भन्ने कुरा उपन्यास मिथकको हकदावी ले देखाउन खोजेको बताइन्।
उनले नेपालमा रहेका धेरै समुदायका संस्कृतिहरू लोप भइसकेको अवस्थामा नेवारी समुदायका युवायुवती आज पनि आफ्नो संस्कार संस्कृतिलाई बचाउन सक्रिय रहेको भन्दै अन्य जाति समुदायले पनि आफ्नो संस्कृतिको संरक्षण गर्न युवापुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने यो उपन्यासले सिकाएको बताइन्।

उपन्यासमाथि समीक्षा गर्दै लेखक, समीक्षक त्रिवेणीले मिथकको हकदावीले साहित्यीक क्षेत्रलाई थप बलियो बनाउनुका साथै लेखन शैलीको चर्चा गरे।
उनले उपन्यासमा एउटा पात्र विदेशी भूमिबाट आएर यो माटो संस्कृति समाज र यो देश मेरो हो भनेर जसरी हकदावी पेश गर्न खोजेको छ, त्यसरी नै पछिल्लो समय नेपालमा पनि आफ्नो थातथलो फर्कने प्रचलन सुरुवात भएको भन्दै उपन्यास मिथकको हकदावीलाई त्यो अर्थमा सामाजिक यथार्थवादी सुन्दर पुस्तक मान्न सकिने बताए।

शुभकामना मन्तव्य व्यक्त गर्दै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कतिपय संस्कृति लोप हुँदै गइरहेको अवस्थामा फरक समुदायको व्यक्तिले नेवारी समुदायको विषयमा कथा वस्तु लेख्नु आश्चर्यजनक र सुखद पक्ष रहेको बताए।
उनले विविध कारणले नेपालीहरू बिदेसिन बाध्य रहेको औँल्याउँदै खास गरी पश्चिमा मुलुकमा गएका पहिलो पुस्ताले आफ्नो पहिचान नभुले पनि दोस्रो पुस्ताले आफ्नो देश, भाषा र संस्कृति बिर्सिँदै गइरहेको अवस्थामा अमेरिकामा रहेको युवाले आफ्नो पुर्खा खोज्दै आफ्नो हकदावी पेश गर्नु महत्त्वपूर्ण पक्ष रहेको बताए।

कार्यक्रमको अन्त्यमा बोल्दै लेखक कार्कीले उपन्यासमा आदिमतादेखि समुदायको अस्तित्व के हो भनेर ? प्रश्न गर्न खोजेको बताए।
उनले उपन्यासमा जात्रा र पर्वहरूलाई रोज्नुको कारण बताउँदै ‘समुदायले देखाएको भोटो अमूर्त तरिकाले कसको हो ? भनेर कुनै व्यक्ति विशेषलाई सोधिरहेको भन्दै व्यक्ति र समुदाय बीचको सम्बन्ध के हो ? भनेर घोत्लिँदा ‘मिथकको हकदावी’ तयार पारेको बताए।
थप तस्वीरहरू






सम्बन्धित खबर
गुरुकुलमा सहयोगसहित लोक तथा दोहोरीगीत प्रतिष्ठान स्याङ्जाले मनायो रजत वर्ष
कविता: मृत्युवरण
‘रात्री आकाश’ गजल कृति सार्वजनिक
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा