सफल निरमाया दोहोरी साँझको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई सहयोग

सहयोग

सफल निरमाया दोहोरी साँझको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई सहयोग

safal nirmaya

पोखरा —पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको ‘सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालि’ का कलाकार समूहले २१औं वार्षिकोत्सव समारोहको अवसरमा पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रमलाई २५ हजार रुपैयाँ बराबरको खाद्यन्न सामाग्री सहयोग गरेका छन् |

कलाकार प्रमुख गुप्त गुरुङले आफूहरूले सामाजिक उत्तरदायित्व कायमै राख्दै भविष्यमा पनि यस प्रकारको सहयोग जारी राख्ने बताए ।

‘कलाकारहरूलाई केवल दोहोरीमा मात्र सीमित नरहेको, सामाजिक क्षेत्रमा पनि योगदान गरिरहनुपर्छ भन्ने हाम्रो लक्ष्य हो’, उनले भने।

कार्यक्रममा मुख्य कलाकारहरू टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डब गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बि.क, इन्द्रा गुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राईलगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ