पोखरा । गण्डकी प्रदेशका किरातीहरूको भाषिक तथा सांस्कृतिक अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा किरात अध्ययन तथा अनुसन्धान केन्द्र, कास्कीको आयोजनामा एक दिने गोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै प्रदीप कुलुङले गण्डकी प्रदेशमा २०२० सालदेखि किराँत समुदायको बसोबास सुरु भएको पाइएको उल्लेख गरे । पछिल्लो समयमा गोर्खा भर्तीका कारण मगर, गुरुङ समुदायसँगको सामीप्यतासँगै गण्डकी प्रदेश त्यसमा पनि विशेषगरी पोखरा क्षेत्रमा किराँत समुदायको बसाइँसराइँ बढ्न थालेको उनले बताए ।
गोष्ठीका प्रमुख अतिथि, नेपाल प्रज्ञा–प्रतिष्ठानका साहित्य तथा मातृभाषा विभाग प्रमुख, प्राज्ञ राजन मुकारुङले यस कार्यक्रमले गण्डकी प्रदेशमा महत्वपूर्ण र ऐतिहासिक कार्यको थालनी भएको उल्लेख गरे ।
भाषा, संस्कृति जोगाउन प्रविधिसँग जोडिनु आवश्यक रहेको भन्दै उनले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिप्रति चासो बढाउन प्रविधिमैत्री हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।
किराँत समुदायले जुनसुकै ठाउँमा बसोबास गरे पनि अन्य समुदायसँग सांस्कृतिक आदानप्रदान गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रज्ञा मुकारुङले संस्कृतिलाई जडता भन्दा पनि सौन्दर्यको हिसाबले अघि बढाउन आवश्यक रहेकोमा जोड दिए ।
गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि दीपेन्द्र राई, दिनेश सुब्बा र अर्जुन मान्थेर्बुले टिप्पणी गर्दै किरात समुदायको इतिहासलाई समेटेर गण्डकी प्रदेशमा किराँत समुदायको अवस्थाबारे चर्चा गर्नु सान्दर्भिक हुने भनाइ राखे ।
किराँत अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष रामकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुज कुलुङले सञ्चालन गरेका थिए । कार्यक्रममा विश्वहाङ राई लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ