रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

रेवान पोखराद्वारा होटल, रेष्टुरेण्टका सेफ तथा म्यानेजरहरुलाई स्वच्छ खाद्य सेवा तालिम प्रदान

news pic 1

पोखरा । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल रेवान पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको प्राविधिक सहयोगमा एक दिने रेस्टुरेन्ट तथा होटलमा सुरक्षित र स्वच्छ खाद्य सेवा तालिम कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख मणी राज लामिछानेले पोखरा पर्यटकीय राजधानी सहर भएकाले यहाँ आउने पर्यटकलाई स्वास्थ्य खाना पस्किनुपर्नेमा जोड दिए । तालिम पश्चात् पोखराको खाद्य गुणस्तरमा थप सुधार आउने उनले अपेक्षा व्यक्त गरे ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पछिल्लो समय पोखराका रेस्टुरेन्ट तथा होटलका भान्साघरमा उल्लेख्य सुधार आएको बताए । पाहुनाहरूलाई स्वस्थकर खानाले स्वागत गर्नका लागि रेवानले बेलाबखत आफु मातहतका रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरूलाई खाद्य सचेतना सम्बन्धी तालिम प्रदान गर्दै आएको जनाए ।

के कस्ता खाद्यवस्तु प्रयोग गरी खानालाई सुरक्षित गर्न सकिन्छ भन्ने विषयमा तालिम केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले बताए । कार्यालयका खाद्य अनुसन्धान अधिकृत दीपक कुँवर र प्रदिप काफ्लेले तालिममा सहजिकरण गरेका थिए ।

एकदिन तालिममा विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत ८० जना म्यानेजर तथा सेफहरूले भाग लिएका थिए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले तालिममाथि प्रकाश पार्दै तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds