पोखरा । रोटरी इन्टरनेशल डिस्ट्रीक्ट ३२९२, नेपाल भुटान क्लब नं.७१८५७ रोटरी क्लब अफ पोखरा अन्नपूर्णको २० आंै पदस्थापन तथा सहयोग हस्तान्तरण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भयो ।
पोखरा १८ लामागाउँको सृजना आधारभुत विद्यालयकी प्रधानाध्यापक अनिता सुवेदी लाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सरुभक्त श्रेष्ठले अहिलेको समयमा सबैभन्दा ठूलो आवश्यकता नै शान्ति र परोपकार हो जस्तो लाग्छ भन्दै मानषको पहिलो काम नै मानवता भएको बताए। साथै सबै धार्मिक ग्रन्थहरुको सारंश परोपकार गर्नु धर्म, अरुलाई दुुख दिनु पाप भएको बताए ।
रोटरी बर्ष २०२५/२६ का अध्यक्ष सइन्द्र राज श्रेष्ठ लगायत पदाधिकारी तथा विभिन्न पदीय जिम्मेवारीमा रहेका रोटरीयनहरुले सपथ ग्रहण गरेका थिए भने बर्ष २०२४/२५ का अध्यक्ष भानुभक्त भण्डारीले आफनो कार्यकालमा सहयोग गर्ने व्यक्तिहरुलाई मायाको चिनो सिरानी दिएका थिए ।
सो अवसरमा संस्थापक अध्यक्ष देवराज चालिसे, पुर्व अध्यक्ष लक्की कार्की, काठमाडौ विश्वविद्यालयका अच्युतराज आचार्य, जोन २४ का असिस्टेन्ट गभर्नर रमाकान्त बरालले शुभकामना मन्तव्य दिएका थिए ।
त्यसै गरि पुर्व अध्यक्ष तोय बहादुर भट्टराईले रोस्ट प्रस्ताव पेश गरेका थिए भने पुर्व अध्यक्ष इश्वरराज कर्माचार्यले प्रोजेक्टर मार्फत कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
क्लब अध्यक्ष सइन्द्र राज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक प्रेसिडेन्ट इलेक्ट सरोज नारायण बरालले स्वागत, प्रमुख अतिथिको संक्षिप्त परिचय पुर्व अध्यक्ष प्रदिपभक्त आचार्य, उपाध्यक्ष निकेश कर्मचार्यले धन्यवाद ज्ञापन गरेका थिए भने संचालन सचिव प्रेमबहादुर भुजेलले गरेका थिए ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो