पोखरा । गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका छन् ।
पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रहेको यस सहकारी पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ कृयाशिल रहँदै आएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले रक्तदानको महत्वबारे प्रकाश पारे । वडामा भैरहेका विकास निर्माण लगायतका विषयमा उनले जानकारी गराए ।
कार्यक्रमका सभापति एवम् गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष किसान परियारले संस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।
सहकारीको सेवालाई समय सापेक्ष गुणस्तरीय र प्रभावकारी बनाउने उद्देश्यका साथ मोवाइल बैंकिङ सेवा सञ्चालन गरिएको उनले जानकारी दिए ।
सहकारीका संस्थापक सचिव एवम् पूर्व अध्यक्ष मेघराज पौडेलले संस्था स्थापना यता भैरहेका कामको चर्चा गरे ।
सहकारीका अध्यक्ष किसान परियारको सभापतित्व एवम् कार्यबाहक सचिव गीता थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गरेका थिए भने सदस्य मनमाया पुनले सहकारीको सिद्धान्त वाचन गरेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका महासचिव जानुका पराजुली, सदस्य भरत थापा, रक्तदाताका तर्फबाट रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व रक्तदाता मोहनकुमार प्रधान, गगन महिला विकास सहकारी संस्थाका अध्यक्ष निशा पौडेल, गगनगौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्तराज पौडेल लगायतले बोलेका थिए।
सहकारीका कुल ७४० शेयर सदस्य रहेकोमा शेयर पुँजी चार करोड २६ लाख रुपैयाँ रहेको छ । सहकारीको कुल कारोबार १५ करोड रुपैयाँ भन्दा बढी रहेको छ ।
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु