पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका– २५ को वडा कार्यालयले नागरिकलाई प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका बारेमा केन्द्रित रहेर माछापुच्छ्रे मिडिया एण्ड मल्टीपर्पोज प्रा.लि को समन्वयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
सार्वजनिक सुनुवाईमा सहभागी नगारिकहरुले खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए । उक्त गुनासा र सुझावलाई पोखरमा महानगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष तिम्सिनासँग जनप्रतिनिधि, वडाका विषयगत प्रमुखहरूले संवोधन गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा पछिल्लो समय वडामा भएको विकास निर्माणका कामलाई खुलेरै प्रशंसा व्यक्त गरेका थिए । आगामी दिनमा विकास निर्माण कार्यक्रममा असार मसान्त सम्म नकुरी चैत मासान्तमा नै सक्ने गरी काम गर्न सकेको खण्डमा अझै राम्रो हुने सुझाव दिएका थिए ।
त्यस अवसरमा जग्गा हालसाबिक, पुराना घर अभिलेखीकरण, सार्वजनिक सम्पत्ति, सिसिटिभी गुणस्तर शिक्षा, महानगरका मुख्य मुख्य बजारसम्म सिधा यातायात बस सेवा, बर्खे योजना तालिमका विषयमा प्रश्नहरू सोधिएको थियो ।
विकास निर्माणसँगै सेवा ग्राहीलाई दिने सेवा प्रवाहलाई अझै व्यस्थित गरेर लैजान सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै महानगरपालिका प्रवक्ता तथा वडा नं. २५ का वडा अध्यक्ष मोतीलाल तिम्सिनाले सार्वजनिक सुनुवाइमा आएका सुझाव गुनासालाई वडाको तर्फबाट संवोधन गर्दै जाने विश्वास दिलाए ।
‘हामीले योजना सहित बजेट छुट्ट्याउन तर उपभोक्ता समितिलाई सम्झौता गर्न आउनु भनेर पटक पटक ताकेता गर्दा पनि अन्तिम तिर आउनुहुन्छ यो समस्या रहेको छ’ अध्यक्ष तिम्सिनाले भने ‘तपाईँहरूले भनेजस्तै विकास निर्माणको काम सक्न असार नै कुर्ने यो परिपाटी अन्त्य गर्न जरुरी छ ।’
उनले पोखरा महानगर पालिकाले यस वर्ष देखि जिरो देखि नै सडक बत्ती राख्ने कार्यक्रम रहेको बताउँदै यस वर्ष याम्दी देखि चाक्लेकुला सम्म सडक बत्ती जडान गरिने उल्लेख गरे । उनका अनुसार आगामी वर्षमा चाक्लेकुला देखि फेदी सम्म सडक बत्ती जडान गरिने छ ।
हेमजा रहेका बैक, वित्तीय संस्था तथा सहकारीसँग सहकार्य गरेर हेमजाका मुख्य मुख्य चोकमा सिसिटिभी क्यामरा जडान गरिने उनले जानकारी दिए ।
पछिल्लो समय जग्गा हालसाबिक प्रक्रिया झन्झटिलो भएको वडावासीको गुनासो आएका कारण नापी कार्यालयका प्रमुख सहितको टोलीलाई वडा कार्यालयमा नै ल्याएर छलफल गरिएको उनले जानकारी दिए ।
‘हामीले नापी कार्यालयको टोलीलाई हालसाबिक गर्न हेमजामा नै आएर अस्थायी शाखा खोलेर काम गर्न अनुरोध गरेका छौं’ उनले भने, ‘उहाँहरूले दुई महिनाको समय दिनुभएको छ । दुई महिना पनि नापी कार्यालय पुगेरै काम गर्दा झन्झटिलो भयो भने यही आएर काम गर्छौ भन्नुभएको छ यो पनि समाधान हुन्छ ।’
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’