स्याङ्जाको वालिङ नगरपालिका –१३, कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । वि.सं. २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न २० लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए ।
“वर्षौंदेखिको पुरानो माटे पोखरीमा पानी सङ्कलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आउनुभएको रहेछ,” उनले भने, “माटे पोखरीमा पानी सङ्कलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुने छ ।”
पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ । पोखरीमा दुई लाख २५ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ । कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ । पोखरीसँगै खेतमा पानी पुर्याउन ६० मिटर कुलो पक्की बनाइएको छ ।
कटौंजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए । उनले भने, “अब पोखरीमा सङ्कलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन्, खेतीपातीमा पानी लगाउन सहज हुने छ ।”
एक हजार १५० मिटर टाढाको ठुलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ । खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटकपटक गरी ११ लाख सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए ।
पोखरीमा सङ्कलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो । वर्षौँदेखि सिँचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो