पोखराका सफल व्यवसायी नारायण पौडेलले युवालाई अवसर दिएमात्र देश बन्ने विचार व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा युवा सशक्तिकरणमा जोड दिँदै उनले भनेका छन्ः ‘यदि यो देशलाई आत्मनिर्भर बनाउनु छ भने युवालाई अवसर दिनु आजको आवश्यकता हो, विकल्प होइन ।’
सबै स्थानीय तहलाई युवा उद्यमशीलता कर्जा कोष स्थापना गर्न सुझाव दिँदै उनले बुँदागत रुपमा सबै तहका पालिकाहरुलाई ध्यानाकर्षण पनि गराएका छन् । महानगरपालिकाहरुले १ अर्ब, उपमहानगरपालिकाले ५० करोड, नगरपालिकाले १० करोड र गाउँपालिकाले ४ करोड रुपैयाँको युवा उद्यमशीलता कर्जा कोष स्थापना गर्न उनले सुझाएका छन् ।
२० देखि ३० वर्ष उमेर समूहका इच्छुक, सक्षम र योजनाबद्ध युवालाई बिनाधितो कर्जा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पौडेलले यसो भएमा देशभित्रै रोजगारी सिर्जना हुने, वैदेशिक पलायन घटाउने र उत्पादनशील अर्थतन्त्रको जग बसाल्ने उल्लेख गरे ।
पौडेलले थप भनेका छन्ः ‘स्रोत छैन भन्नु बहाना मात्रै हो, इच्छाशक्ति भयो भने युवाको हातबाट देश चलाउन सकिन्छ।’
युवा शक्तिका बारेमा निकै सुझबुझका साथ धारणा व्यक्त गरेका पौडेलले जोड दिएका छन्ः अब निर्णयको घडी हो, अवसर देऊ, देश अघि बढ्छ ।
पौडेल पोखराका सफल व्यवसायी हुन् । राजनीतिक चेतयुक्त व्यक्तित्व पौडेलले समृद्ध मुलुक निर्माणका लागि समय समयमा यसरी धारणा व्यक्त गर्दै आएका छन् । यहाँको अटो, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा ठूलो लगानी गरेर सफल बनेका पौडेलले सामाजिक सेवामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् ।


सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु