पोखरा। छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई कालोमोसो दलेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत)सँग आवद्ध अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेश समितिका संयोजक राजन साउद र केन्द्रीय सदस्य बासुदेव बुढालाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले यस अघि मूख्य योजनाकार नेकपा (बहुमत)का पोलिटब्युरो सदस्य तथा युवा संगठनको फ्याक्सन इञ्चार्ज सुजन विकलाई शुक्रबार साँझ नै पक्राउ गरिसकेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले थप दुईजनालाई पक्राउ गरिएको बताएका छन् । एसपी ओलियाका अनुसार शुक्रबार बिहान पहारीमाथि अध्यक्षमाथि कालोमोसो दल्ने २ जना र यस घटनाका मुख्य योजनाकारसहित सबैलाई पक्राउ गरिएको छ ।’ उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पाताले छाँगो (डेभिस फल्स) निजी कम्पनीलाई ठेक्कामा दिने निर्णयमा हस्ताक्षर गरेको आरोपमा अनेरास्ववियु (क्रान्तिकारी)का नाममा पहारीमाथि कालोमसी छ्यापिएको थियो । पहारी शुक्रबार बिहान निवासबाट विद्यालयतर्फ जाँदै गर्दा उक्त घटना भएको थियो । ३० वर्ष पढाएका गुरूमाथि भएको घटनाको सर्वत्र निन्दा गरिएको छ।
यो सांकेतिक कारवाही मात्र हो’ : महासचिव धमेन्द्र बास्तोला कञ्चन
नेकपा (बहुमत)का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले अखिल (क्रान्तिकारी)ले पोखरामा गरेको कारवाही सांकेतिक मात्र भएको बताएका छन् ।
पोखरा–१७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयको सम्पत्ति (पातले छाँगो) विद्यालय कै नियन्त्रणमा ल्याउनु पर्ने भन्दै महासचिव कञ्चनले सरकारी विद्यालयको स्रोतलाई माफियासँग मिलेर निजीकरण गर्ने प्रक्रियाको चौतर्फी विरोध भईरहेको बेला अखिल क्रान्तिकारीले सांकेतिक कारवाही मात्र गरेको बताए ।
‘नेपालमा विद्यमान दलाल पूँजीवादी सत्ताका संरचनाले सम्पूर्ण सार्वजनिक सम्पत्ति वित्तिय माफियालाई बुझाउने कार्य गर्दै आईरहेको छ,’ महासचिव कञ्चनले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘सरकारको देशघाती र जनविरोधी क्रियाकलाप विरुद्ध, जनअधिकारका पक्षमा तथा भ्रष्टाचारका विरुद्ध आफ्नो पार्टी निरन्तर संघर्षरत छ ।’
पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तत्कालै रिहाई गर्न पनि उनले माग गरेका छन् ।
तस्वीरः डन न्यूजबाट
सम्बन्धित समाचारः
छोरेपाटन मावि अध्यक्षलाई कालोमोसो दल्ने योजनाकार सुजन बिक पक्राउ
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ