मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

मोरङमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

elephant

मोरङ । मोरङको बेलबारीमा हात्तीको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका– ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार अमिनासहित ३५ वर्षीया बन्दना राजवंशी घर नजिकको खेतमा पानी लगाउन गएका बेला अमिनालाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । बन्दनाले भने भागेर ज्यान जोगाएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ