राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल

राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल

ph

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा वृक्षारोपण तथा गोडमेल कार्यक्रम भएको छ । राष्ट्रिय विभूति तथा सहिद पार्क पोखरा १८ जामुनबोटमा वृक्षारोपण र गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

ट्री प्लान्टेसन डिस्ट्रिक ३२५ एम चिफ सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षता एबम डिस्ट्रिक्ट ३२५ एम गण्डकी एरियाका ४५ क्लबहरुको संयुक्त समन्वयमा कार्यक्रम भएको सम्पन्न भएको हो ।

कार्यक्रममा प्राङ्गारिक मल तथा कम्पोस्ट मल बिरुवामा राखी वृक्षरोपण तथा गोडमेल कार्य गरिएको र पार्कलाई झारपात काट्ने र गोडमेल गर्ने कृषि औजार राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर थापालाइ हस्तान्तरण गरिएको ट्री प्लान्टेसन को-चिफ एडभाईजर(मेन्टर) रामु गौतमले जानकारी दिए ।

डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालको प्रमुखआतिथ्यता रहेको कार्यक्रममा लायन्स ३२५ एममा सेकेन्ड भि.डी.जि किशोर बराल, क्याविनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिना, शिवराज आचार्य, जि एस. टि को अर्डीनेटर लक्ष्मण तिमिल्सिना, क्लस्टर १- प्रमुख, देवी तिउसिना, क्लस्टर २- प्रमुख, लक्ष्मी कोइराला, क्लस्टर ३- प्रमुख दिलु तिवारी, क्लस्टर ४- प्रमुख, कोपिला श्रीस लगायत डिस्ट्रिक्टका सिनियर लिडरहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख तथा डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालले बोटविरुवा र मानवबीच अनोन्याश्रित सम्बन्ध रहँदै आएको र वृक्षारोपणले वातावरण संरक्षणका लागि विशेष योगदान गर्ने जनाए ।

लायन्स क्लबले एभोकार्ड़ो ४० वटा, फलफूलका बिरुवा बेलाउती ६० वटा, धूपी ४० र अन्य विरुवा १० गरी १ सय ५० विरुवाहरु पार्कमा रोप्ने कार्य गरिएको हो । कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा डेस्टिनेसनले गरेका थिए । कार्यक्रम सञ्चालन रिजन चियर पर्सन सम्झना रानाभाटले गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ