पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा वृक्षारोपण तथा गोडमेल कार्यक्रम भएको छ । राष्ट्रिय विभूति तथा सहिद पार्क पोखरा १८ जामुनबोटमा वृक्षारोपण र गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।
ट्री प्लान्टेसन डिस्ट्रिक ३२५ एम चिफ सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षता एबम डिस्ट्रिक्ट ३२५ एम गण्डकी एरियाका ४५ क्लबहरुको संयुक्त समन्वयमा कार्यक्रम भएको सम्पन्न भएको हो ।
कार्यक्रममा प्राङ्गारिक मल तथा कम्पोस्ट मल बिरुवामा राखी वृक्षरोपण तथा गोडमेल कार्य गरिएको र पार्कलाई झारपात काट्ने र गोडमेल गर्ने कृषि औजार राष्ट्रिय विभूति तथा सहिद पार्क व्यवस्थापन समिति अध्यक्ष भरतबहादुर थापालाइ हस्तान्तरण गरिएको ट्री प्लान्टेसन को-चिफ एडभाईजर(मेन्टर) रामु गौतमले जानकारी दिए ।
डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालको प्रमुखआतिथ्यता रहेको कार्यक्रममा लायन्स ३२५ एममा सेकेन्ड भि.डी.जि किशोर बराल, क्याविनेट सेक्रेटरी जगन्नाथ तिमिल्सिना, शिवराज आचार्य, जि एस. टि को अर्डीनेटर लक्ष्मण तिमिल्सिना, क्लस्टर १- प्रमुख, देवी तिउसिना, क्लस्टर २- प्रमुख, लक्ष्मी कोइराला, क्लस्टर ३- प्रमुख दिलु तिवारी, क्लस्टर ४- प्रमुख, कोपिला श्रीस लगायत डिस्ट्रिक्टका सिनियर लिडरहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख तथा डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक गभर्नर धनीराम बरालले बोटविरुवा र मानवबीच अनोन्याश्रित सम्बन्ध रहँदै आएको र वृक्षारोपणले वातावरण संरक्षणका लागि विशेष योगदान गर्ने जनाए ।
लायन्स क्लबले एभोकार्ड़ो ४० वटा, फलफूलका बिरुवा बेलाउती ६० वटा, धूपी ४० र अन्य विरुवा १० गरी १ सय ५० विरुवाहरु पार्कमा रोप्ने कार्य गरिएको हो । कार्यक्रमको स्थानीय संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब अफ पोखरा डेस्टिनेसनले गरेका थिए । कार्यक्रम सञ्चालन रिजन चियर पर्सन सम्झना रानाभाटले गरेकी थिइन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु