तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते

दुर्घटना

तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते

घाइतेलाई थप उपचारका लागि पोखरा ल्याइयो

amreni acc

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो भएको दुर्घटनामा पछाडि बस्ने महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकमा रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास नगरपालिका-१२ छिर्कने बस्ने अन्दाजी २८ वर्षीय सागर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए । दुर्घटनामा घाइते न्यौपानेलाई रत्नहरि अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ थापाले बताए ।

दुर्घटनामा स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णमाया पन्त गम्भीर घाइते भएकी छन् । घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा ल्याइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ