पोखरा । हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा–२२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि हरेक महिनाको अन्तिम शनिबार गरिदैं आएको हाइकिङ भाग ६० मा पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडी बाट पैदल यात्रा सुरु गरेर, भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर हाईकिङ कार्यक्रमको समापन गरिएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले बताए ।
पछिल्लो समय बुद्धपार्कमा आन्तरिक तथा वाह्य पर्यटकको चहल पहल वढ्न थालेको छ भने स्थानियले साना साना पसल संचालन गरेर पर्यटकलाई स्थानिय उत्पादन, खाजा र पानी विक्री वितरण गर्ने गरेका छन् ।
शनिबार विहान ७ वजे पोखरा–९, न्यूरोड, दरबारथोकमा भेला भएर सिटी बसमा कालाबाङ घरेडीसम्म २५ जना सहभागी भएका थिए । गृहणी, व्यवसायी, संघसंस्थाका अध्यक्ष, पत्रकारहरुको समुहलाई तारेभिरका होटल व्यवसायी असिम खाजा घर एण्ड किराना पसलका संचालन राजु रानाले स्वागत गर्नुका साथै खानपानको व्यवस्थापन गरेका थिए ।
पहिलो पटक सहभागी छोरेपाटन मा.वि.भू.पू विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले हाईकिङ कार्यक्रमले व्यक्तिलाई निरोगी राख्न मद्दत गर्ने बताए ।
हाइकर्स क्लब नेपाल जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता संस्था हो । यस संस्थाको सदस्य हुन साधारण सदस्यताको ५ सय र आजिवन सदस्यताको ३ हजार लाग्ने अध्यक्ष रानाभाटले बताउँदै हाइकिङमा सहभागी हुन सदस्य हुनै पर्ने वाध्यता नरहेको बताए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु