शुक्लाले जनकवि केशरी धर्मराज थापालाई सम्झने

शुक्लाले जनकवि केशरी धर्मराज थापालाई सम्झने

Dharma-Raj-Thapa

पोखरा । जनकवि केशरी धर्मराज थापाको १ सय १ औं जन्मजयन्तीको अवसरमा पोखरामा विशेष कार्यक्रम गरिने भएको छ।

पोखराको बाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानले सम्झनामा जनकवि केशरीू विशेष स्मृति कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो।कवि स्वर्गीय थापाको जन्म दिनको अवसरमा यही साउन १ गते बिहान बाटुलेचौरमा स्मृतिमा शब्द, साधना र संगीतका विषयमा चर्चा गरिने बताईएको छ।

लोक साहित्य र गीत, संगीतका शिखर पुरुष जनकवि थापाले लोक संस्कृतिमा आधारित विभिन्न पुस्तक प्रकाशन गरी र विभिन्न लोक रचनामा आवाज भरेर नेपाली लोक संगीतलाई विश्व माझ चिनाएका छन् । उनले लेखेको गण्डकीका सुसेली नामक कृतिमा गण्डकी क्षेत्रका विभिन्न ठाउँको ऐतिहासिक परिचय पाउन सकिन्छ।

जीवनको अधिकांश समय लोक साहित्य रचना एवम् खोजी कार्यमा बिताएका थापाले प्रतिष्ठानको स्थापना गरेका हुन् । जनकवि केशरीको स्मृतिमा प्रतिष्ठानले राष्ट्रिय पुरस्कार समेत संचालन गरिरहेको छ। उनको हरियो डाँडा माथि हलो जोत्ने साथी गीत आज पनि निकै चर्चित छ । उनले वि.सं. २०१३ मा राजा महेन्द्रबाट जनकवि केशरी को उपाधिसमेत पाएका छन् ।

वि.सं. १९८१ साउन १ गते पोखराको बाटुलेचौरमा जन्मिएका थापाको वि.सं. २०७१ असोज २८ गते काठमाडौं स्वयम्भु स्थित आफ्नै निवासमा निधन भएको थियो । उनले विसं २०२५ सालमा मङ्गली कुसुम नामक ग्रन्थको लागि पद्य विधामा मदन पुरस्कार प्राप्त गरेका थिए भने २०५७ सालमा जगदम्बाश्री पुरस्कार र त्यसबाहेक वि.सं. २०२५ को इन्द्रराज्यलक्ष्मी पुरस्कार, वि.सं. २०१३ र वि।सं। २०३१ मा शुभ राज्याभिषेक पदक, वि.सं. २०४१ मा लोक साहित्य पुरस्कार, रत्नश्री स्वर्ण पदक लगायतका विभिन्न सम्मान पाएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ