सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन

सेतीनदी माथि पटनेरी र सीतापाइलालाई जोड्ने पुल उद्घाटन

pul

पोखरा । पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।

अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा पुगेको छ ।

गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसावले महत्वपूर्ण भएको बताए । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उनको भनाई थियो ।

पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण वानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जुटेको बताए । पुल निर्माणले सो क्षेत्रका स्थानीय वासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उनीहरुको सामुहिक भनाई थियो ।

पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी, सचिव विक्रमबावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्व माथि प्रकाश पार्नुभएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ