पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

petrol-oil-pump-tel

पोखरा । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पेट्रोलको भाउ पहिलो वर्ग चालआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा एक सय ५९ रुपैयाँ र तेस्रो वर्ग काठमाण्डौ, पोखरा र दिपायलमा एक सय ६० रुपैयाँ पर्नेछ ।

यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा प्रतिलिटर एक सय ४५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ४७ रुपैयाँ र तेस्रो वर्गमा एक सय ४८ रुपैयाँ पर्नेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ