सरकारले डेङ्गी नियन्त्रणका लागि भोलिदेखि एक महिने अभियान सुरू गर्दै

सरकारले डेङ्गी नियन्त्रणका लागि भोलिदेखि एक महिने अभियान सुरू गर्दै

Ministry-of-Health

पोखरा । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो ।

मन्त्रालयले आज आयोजना गरेको अभियान घोषणा कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा वर्षेनि झन्डै ५० हजार जनामा डेङ्गी सङ्क्रमण हुने गरेकोले समुदायस्तरमा अभियान चलाउनुपरेको बताए । साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण फैलने समय भएकाले यो बेला उच्च सतर्कताका साथ अभियान सञ्चालन गर्न उनले आग्रह गरे ।

डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि एक करोड २० लाख ८४ हजार रुपैयाँ बजेट विनियोजन गरेको स्वास्थ्य सचिव डिल्लीराम शर्माले कार्यक्रममा जानकारी गराए ।

नेपालमा पहिलो पटक २०६१ सालमा चितवनमा डेङ्गी सङ्क्रमण देखा परेको थियो । यस वर्ष ७५ जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । सरकारले सन् २०३० सम्ममा डेङ्गी सङ्क्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ