छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते

छुरा प्रहार गरेर दाजुको हत्या, भाइ घाइते

mrita fela

इलाम । इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।

गएराति छुरा प्रहार हुँदा सूर्योदय– २ का २२ वर्षीय निरोज चापागाईंको मृत्यु भएको हो।

निरोजको ससुराली घर नजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटनामा निरोजका भाइ प्रकाश पनि घाइते भएका छन् । छुरा प्रहारबाट घाइते भएका प्रकाशको झापाको विर्तासिटी अस्पताल झापामा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनामा शेर्पासमेत घाइते भएका छन् । उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको छ।

विवादको मुख्य कारण भने अझै खुलिनसकेको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ