भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाले जिल्लाका दुग्ध उत्पादक सहकारी, समूह तथा कृषकहरूलाई विभिन्न शीर्षकमा झण्डै १ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान वितरण गरेको छ ।
दूध उत्पादनलाई प्रोत्साहन गर्न भीरकोट दुग्ध उत्पादक सहकारी र आँधीखोला कृषि उद्यम सहकारीलाई एक लिटर दूधमा पाँच रुपैयाँका दरले क्रमशः छ लाख ६० हजार ६५० र तीन लाख ४८ हजार ६ सय रुपैयाँ अनुदान प्रदान गरिएको हो । कुल नौ लाख ९९ हजार २५० रुपैयाँ वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, तीनवटा प्रस्तावमध्ये दुईवटालाई छनोट गरी उत्पादनको आधारमा अनुदान वितरण गरिएको हो । सहकारीबाट दैनिक सङ्कलन हुने विवरणलाई आधार मानेर पारदर्शी ढंगले रकम छुट्याइएको बताइएको छ ।
सहकारीलाई उपकरण र संरचना निर्माणमा पनि सहयोग
भीरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा मिल्क एनालाइजर (एक लाख एक हजार रुपैयाँ मूल्य बराबर) वितरण गरिएको छ ।
त्यस्तै, चापाकोट–९ को केलादी दुग्ध उत्पादक समूहलाई नयाँ गोठ निर्माण, भकारो सुधार, च्याफ कटर, राँगो खरिद, डेरी उपकरणलगायतका शीर्षकमा १६ लाख ३९ हजार ९५३ रुपैयाँ बराबरको सहयोग गरिएको हो ।
९५ लाखको कृषि ऋण पनि वितरण
सिद्धबाबा एग्रो फर्म एण्ड रिसर्च सेन्टर प्रालि, चापाकोट–९ ले ९५ लाख रुपैयाँको कृषि ऋण पाँच प्रतिशत ब्याजमा प्राप्त गरेको छ ।
बजेट कार्यान्वयन प्रभावकारी
विज्ञ केन्द्र स्याङ्जाले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध चार करोड ५४ लाख चालू तथा ७० लाख पूँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत बजेट उपयोग गरेको छ, जसलाई केन्द्रले उत्पादनमुखी र परिणाममुखी खर्चको नमुना मानेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर