भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्याङ्जाले जिल्लाका दुग्ध उत्पादक सहकारी, समूह तथा कृषकहरूलाई विभिन्न शीर्षकमा झण्डै १ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान वितरण गरेको छ ।
दूध उत्पादनलाई प्रोत्साहन गर्न भीरकोट दुग्ध उत्पादक सहकारी र आँधीखोला कृषि उद्यम सहकारीलाई एक लिटर दूधमा पाँच रुपैयाँका दरले क्रमशः छ लाख ६० हजार ६५० र तीन लाख ४८ हजार ६ सय रुपैयाँ अनुदान प्रदान गरिएको हो । कुल नौ लाख ९९ हजार २५० रुपैयाँ वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख डा. रूपेश श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार, तीनवटा प्रस्तावमध्ये दुईवटालाई छनोट गरी उत्पादनको आधारमा अनुदान वितरण गरिएको हो । सहकारीबाट दैनिक सङ्कलन हुने विवरणलाई आधार मानेर पारदर्शी ढंगले रकम छुट्याइएको बताइएको छ ।
सहकारीलाई उपकरण र संरचना निर्माणमा पनि सहयोग
भीरकोट सहकारीलाई ७५ प्रतिशत अनुदानमा मिल्क एनालाइजर (एक लाख एक हजार रुपैयाँ मूल्य बराबर) वितरण गरिएको छ ।
त्यस्तै, चापाकोट–९ को केलादी दुग्ध उत्पादक समूहलाई नयाँ गोठ निर्माण, भकारो सुधार, च्याफ कटर, राँगो खरिद, डेरी उपकरणलगायतका शीर्षकमा १६ लाख ३९ हजार ९५३ रुपैयाँ बराबरको सहयोग गरिएको हो ।
९५ लाखको कृषि ऋण पनि वितरण
सिद्धबाबा एग्रो फर्म एण्ड रिसर्च सेन्टर प्रालि, चापाकोट–९ ले ९५ लाख रुपैयाँको कृषि ऋण पाँच प्रतिशत ब्याजमा प्राप्त गरेको छ ।
बजेट कार्यान्वयन प्रभावकारी
विज्ञ केन्द्र स्याङ्जाले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध चार करोड ५४ लाख चालू तथा ७० लाख पूँजीगत बजेटमध्ये ८२.६३ प्रतिशत बजेट उपयोग गरेको छ, जसलाई केन्द्रले उत्पादनमुखी र परिणाममुखी खर्चको नमुना मानेको छ ।
सम्बन्धित खबर
कालीगण्डकी नदीमा पुरुषको शव फेला
स्याङ्जामा तीन महिनामा १८ सवारी दुर्घटना, ६ जनाको मृत्यु
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन