जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

जीप तोडफोड र कुटपिट गर्ने दुई फरार आरोपी २७ दिनपछि कास्कीबाट पक्राउ

arrest-1

स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका वडा नम्बर–१ स्थित सिम्लेमा गत असार १० गते दुलेगौंडा–बिरुवा ग्रामीण सडकखण्डमा एक बोलेरो जीप रोकी तोडफोड र यात्रुमाथि कुटपिटमा संलग्न दुई जना फरार अभियुक्तलाई प्रहरीले कास्कीबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, जीपमा सवार दुई यात्रुलाई कुटपिट गरी घाइते बनाएको आरोपमा फरार रहेका स्याङ्जाका दुई युवालाई आज शुक्रबार लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकामध्ये एक जना बिरुवा गाउँपालिका–५ तल्लोचेप्टे बस्ने २७ वर्षीय विक्रम राना र अर्का हरिनाश गाउँपालिका–१ सालडाँडा हटियाका २१ वर्षीय सविन उर्फ योगेन्द्र मानन्धर रहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका उनीहरूलाई खोजतलास गर्दै जाँदा कास्कीमा लुकिरहेका अवस्थामा फेला पारिएको हो । पक्राउपछि जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमतिसहित उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा स्याङ्जा प्रहरीका प्रवक्ता एवं सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ