जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१/०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ । एक वर्षको अवधिमा १ करोड ४१ लाख ५३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गर्दै अहिलेसम्मकै उच्च आम्दानी गरेको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष करिब ३० लाखले वृद्धि भएको हो । कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक भूपेन्द्र प्रसाद गौलीका अनुसार पछिल्ला तीन वर्षदेखि राजस्व सङ्कलन दर वृद्धि हुँदै आएको छ ।
उक्त अवधिमा ट्राफिक प्रहरीले १९ हजार २८९ सवारीसाधन र चालकहरूलाई नियम उल्लङ्घन गरेको भन्दै कारबाही गरेको छ ।
सबैभन्दा बढी ६ हजार ७९३ मोटरसाइकल र सबैभन्दा कम १ हजार ४१५ ट्याक्टरलाई कारबाही गरिएको हो । त्यस्तै, २ हजार १९५ ट्रक, २ हजार ५१४ बस, ४ हजार ७५ जीप/कार/भ्यान, र २ हजार २९७ अन्य सवारीसाधनसमेत कारबाहीको दायरामा परेका छन् ।
कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १ हजार ४२५ चालकलाई कारबाही गरिएको छ । साथै, लागूपदार्थ सेवन (लापसे) गरी सवारी सञ्चालन गर्ने १३ जनालाई समेत आवश्यक कारबाही गरिएको छ ।
ट्राफिक कार्यालयका अनुसार आव २०८१/८२ मा स्याङ्जा जिल्लामा १८ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ९ जनाको मृत्यु, १५ जना गम्भीर घाइते र ५ जना सामान्य घाइते भएका छन् ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले ४ हजार ४८५ पटक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उक्त अभियानमार्फत १ लाख १० हजार ३२० जनालाई ट्राफिक नियमसम्बन्धी जानकारी दिइएको कार्यालयले जनाएको छ ।
स्याङ्जा जिल्लाको करिब ९० किलोमिटर भाग सिद्धार्थ राजमार्गमा पर्ने भए पनि घुम्ती र पुराना सडक संरचनाका कारण नियमित चेकजाँचमा कठिनाइ हुने प्रहरी नायब निरीक्षक गौलीले बताएका छन् । यद्यपि, नियम कडाइ र सचेतनाले दुर्घटना न्यूनीकरणमा सघाउ पुगेको उनको विश्वास छ ।
सवारीसाधनको वृद्धि, अनुशासनहीनता र लापरवाहीका बाबजुद ट्राफिक कार्यालयले गरेको सक्रियता प्रशंसनीय छ । यस्ता पहलले दुर्घटनाको दर घटाउने मात्र होइन, नागरिकमा जिम्मेवारी बोध पनि गराउनेछ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’