जिल्ला प्रशासन कार्यालय स्याङ्जाको पछिल्लो विवरणअनुसार राहदानी लिने नागरिकको संख्या नयाँ नागरिकता लिनेको तुलनामा उल्लेखनीय रुपमा बढी देखिएको छ । सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय र वालिङ्स्थित इलाका प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको संख्या बढी रहेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार, आर्थिक वर्ष २०८१/०८२ मा नयाँ नागरिकता लिने ७,८५५ जना रहेका थिए । यस अवधिमा राहदानी लिने १० हजार ८२९ जना रहेका छन्, जुन नयाँ नागरिकता लिनेभन्दा अझै धेरै हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कूल ११ हजार आठ सय ४२ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जा(इलाका प्रशासन कार्यालय, वालिङ्समेत)बाट आर्थिक वर्ष २०८१/०८२ मा प्रतिलिपीबाहेक वंशजको आधारमा ७ हजार ८५५ नयाँ नागरिकता, वैवाहिक अंगीकृत १६ र गैरआवसीय नागरिकता २०, प्रतिलिपि नागरिकता ८,४८१ वितरण गरेको छ भने २९ जनाले नागरिकता परित्याग गरेका छन् । कार्यालयले १० नागरिकता र एक नागरिकता प्रतिलिपी रद्द गरेको छ ।
अमेरिकामा ९, बेलायतमा ५, क्यानाडा र हङकङमा ३/३, अस्ट्रेलिया, पोर्चुगल र भारतमा २/२, जापान, फिनल्यान्ड र नर्वेमा एक/एक जनाले उहीँ कै नागरिकता लिई नेपाली नागरिकता त्याग गरेको कार्यालयले जनाएको छ ।
यसैबीच, स्याङ्जा प्रशासनले नागरिकतासंगै परिचयपत्र वितरणमा समेत उल्लेखनीय सेवा प्रदान गरेको छ । कार्यालयले ७२७ नाबालक परिचयपत्र वितरण, २९ हजार २०१ जनाको राष्ट्रिय परिचय विवरण दर्ता, १५ हजार ८४३ जनालाई परिचय पत्र वितरण गरेको छ ।
विदेशिने लहर, वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणको लागि राहदानी आवश्यक परेकाले राहदानी माग उच्च रहेको बताइएको छ । यसले स्याङ्जामा वैदेशिक गन्तव्यप्रतिको आकर्षण झनै बढेको संकेत दिन्छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण
चापाकोटमा आजदेखि भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन
घरमा लुकाइराखिएको भरुवा बन्दुकसहित एक जना पक्राउ
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?