पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु

पहिरो

पर्वतको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु

Parbat Pahiro

पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोमा घर पुरिँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीले पुरिएको अवस्थामा ७८ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती विष्णुमतीको शव निकालेका छन् ।

गए रातिदेखि परेको भारी वर्षाका कारण आज बिहान घरमाथि कान्लोबारी खस्दा दम्पती पुरिएका थिए । साढे ४ बजेतिर भएको घटनामा उनीहरुकी २८ वर्षीया बुहारी पवित्रा हामफालेर ज्यान जोगाउन सफल भएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार पहिरोले पुरिएका छविलालको चाँडै नै शव निकाल्न सकिएपनि विष्णुमतीको शव पछि निकालिएको हो ।

डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी गरिएको प्रहरी प्रमुख विष्टले जानकारी दिए । अत्यधिक वर्षा भएकाले उद्धारमा कठिनाई भइरहेको उनको भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ