पोखरा । निरन्तर वर्षाका कारण काहुँखोलाको बहाव बढ्दा खोलाले बस्तीतर्फ कटान गरेको छ ।
पोखरा महानगरपालिका–२० भलाम र पोखरा महानगरपालिका–१३ काहुँमा दुई घरका केही कोठाहरु बगाएको छ ।
पर्खाल भत्काएर खोला काहुँखोला बजार, शुभकामना टोल, ढल्के पुल आसपासका घरमा लेदो पसेको छ । काहुँखोलाको बाँध फुटेपछी घट्टेखोला पुल र वरपरको बस्ती खतरामा परेको छ ।

पोखरा–२० भलाम स्थित सूर्यबहादुर बास्तोलाको टिनले छाएको एक तले भवनका सात कोठाहरु मध्ये तीनवटा कोठा पूर्णरूपमा क्षति पुगेको कास्की प्रहरीले जानकारी दिएको छ । यस्तै, ढल्के पुलकी दीपा लामाको दुई कोठाको एक तले कच्ची घर खोलाले कटान गरेर क्षति हुन पुगेको पोखरा–१३ का वडाध्यक्ष किरण बरालले बताए ।
उनका अनुसार खोलाले पर्खाल भत्काउँदा कटान गरेर ढल्के पुलको एउटा घरमा क्षति पुगेको हो । खोलाको धारलाई पूर्वास्थामै फर्काउने काम भइरहेको उनले जनाए । क्षती भएको घर नजिकै जाली लगाउने काम भइरहेको उनको भनाई छ । रामबजार वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवप्रसाद कँडेल, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवाल सहितको टोली रातिदेखि नै उद्धार कार्यमा खटिएको छ ।
रिटेनिङ पर्खालले सिँचाइ नहर साँघुरिदा समस्या
शुभकामना टोलबाट काहुँखोला दुईतिर बग्छ । त्यहाँबाट खोला पूर्वतिर नहरमार्फत विजयपुर खोलामा मिसिन्छ भने दक्षिणतिर सिँचाइ नहरमा जान्छ । यहाँ कांग्रेसका नेता दीपक गुरुङ माइला र उनका आफन्तले प्लटिङ गरेका छन् । जसको रिटेनिङ पर्खालले सिँचाइ नहर साँघुरिएको छ ।
सिँचाइ नहर साँघुरो हुँदा पानीले निकास नपाएर शुभकामना टोलका घर शनिबार राति डुबानमा परेका थिए । पानीले निकास नपाएपछि र बहाब थेग्न नसकेपछि ०३८ सालतिर निर्माण गरिएको पर्खाल भत्किएको हो । त्यसपछि दुईतिर जाने पानी एकैतिर बग्दा खोलाको बहाब बढ्यो । जसले नहर आसपासका घरमा बाढी पसेको हो । यसअघि काहुँखोला अहिले पर्खाल भत्किएभन्दा बायाँतर्फबाट नहरमा मिसिन्थ्यो ।
पोखराको वडा नं. १८ र २० का साथै अन्नपूर्ण गाउँपालिकाका केही वडामा पनि पहिरोले घरमा क्षति भएको कास्की प्रहरीले जनाएको छ । कस्की जिल्लाभर भएका बाढी–पहिरोका घटनामा मानवीय क्षति भने भएको छैन ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन