नेगम परियार, मनाङ । पर्यटन सिजन सुरु भएसंगै हिमाली जिल्ला मनाङमा बाह्य तथा आन्तरिक पर्यटकहरुको आगमनमा बृद्धि भएको छ । मनाङ जिल्लाको सदरमुकाम चामे बजार अचेल निकै रमणिय तथा चहलपहल बढेको देखिन्छ ।
पैदल तथा सवारी साधनमा आउने पर्यटकहरु चामेमा एक दिन बसेर मात्र यात्रा गर्ने गरेको पाईन्छ । कारण, थकान साथसाथै चामे बजार तथा आसपासको दृश्य अवलोकन गर्नका लागि । त्यस्तै, अर्को महत्वपुर्ण स्थान हो चामे बजारमा रहेको तातो पानी कुण्डको अवलोकन तथा तातो पानी कुण्डमा तातो पानीमा लिने मज्जा बाह्रै महिना चिसो तथा जाडो यो जिल्लामा यी र यस्ता प्रकृतिले निःशुल्क दिएको तातो पानी कुण्डहरुले सहज बनाएको छ ।
मनाङको सदरमुकाम चामे ३ मा रहेको यस तातो पानी कुण्ड आन्तरिक तथा बाह्य पर्यटकहरुको पहिलो रोजाई भएको छ । लम्जुङको बेशिसहरबाट चामेसम्म आउँदा थकानका साथै यो तातो पानीमा स्नान गर्न पाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु निकै रमाउने गरेको स्थानीय होटल ब्यबसायि छिरिङ्ग धोर्जे गुरुङ्गले बताए ।
बिहान लम्जुङ्गको बेशिसहरबाट हिँडे पछि साँझपख मात्र चामे आई पुगिन्छ । साँझपख थकान तथा फ्रेस हुनका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु नजिकै रहेको यस तातो पानी कुण्डमा नुहाउन जाने गर्दछन् ।
चामे गाउँपालिकाको २४ लाख रुपैयाँको लागतमा यस तातो पानी कुण्डको थप पर्यटकहरुलाई आकर्षित बनाउनको लागी महिला पुरुषका लागि कपडा फेर्नको निम्ति दुई वटा कोठा, दुई वटा शौचालय तथा महिला पुरुषको अलग अलग दुई पोखरी सहितको ब्यबस्थित तातो पानी कुण्डको निर्माण गरिएको चामे गाउँपालिकाका उप मेयर मुनिन्द्रजंग गुरुङ्गले बताए । अब चाँडै नै यस तातो पानी कुण्डलाई सुरक्षित बनाउनको लागी समेत काम गर्ने गुरुङ्गले बताए ।
दिउसो चार पाचँ बजे बाट यस तातो पानी कुण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भिडभाड लाग्ने गर्दछ । उक्त तातो पानी कुण्डमा दैनिक चार सय भन्दा बाह्य तथा आन्तरिक पर्यटकका साथै स्थानीयबासी र कर्मचारीहरुले नुहाउने लुगा धुने गर्ने गरेको गुरुङ बताउँछन् ।
अबको जाडो महिना सुरु भएपछि जाडोको समयमा चिसो पानीले लुगा धुन तथा नुहाउन समस्या हुँदा कुण्डले जाडो मौषममा नुहाउन तथा लुगा धुन धेरै सहज भएको छ । यस क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्न जरुरी रहेको नुहाउन आएका स्थानीय राजन गुरुङले बताय । यी र यस्ता प्रकृतिका निःशुल्क प्रापत श्र्रोत तथा साधनहरुको सहि सदुपयोग र संरक्षण गर्नमा सबैले साथ र सहयोग गरे आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा बढी आउनुका साथै आर्थिक आयआर्जन गर्न सकिने छ । त्यसैले, ठुलो सम्भावना बोकेका यस्ता क्षेत्रहरुको संरक्षणमा सबैले ध्यान दिनु पर्ने देखिन्छ ।

सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा