अनेरास्ववियु गण्डकी संयोजकको जिम्मा सुरजलाई

नयाँ जिम्मेवारी

अनेरास्ववियु गण्डकी संयोजकको जिम्मा सुरजलाई

३२ वर्षे उमेर हदबन्दी लागेपछि प्रबिन श्रेष्ठ अध्यक्षबाट बिदा भएका हुन्

suraz

पोखरा । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटी संयोजकको जिम्मेवारी सुरज सापकोटाले पाएका छन् ।

अध्यक्ष प्रबिन श्रेष्ठले आइतबार हालका सचिव सापकोटालाई संयोजकको जिम्मेवारी दिएका हुन् । सापकोटा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का हुन् ।

अनेरास्ववियु केन्द्रीय कमिटीको गत असार ६ को सर्कुलरले आफूलाई ३२ वर्षे उमेर हदबन्दी लागेपछि श्रेष्ठ अध्यक्षबाट बिदा भएका हुन् ।

सर्कुलरको बुँदा नं. १६ मा क्याम्पस कमिटी गठन र पुनर्गठनमा २८ वर्ष, जिल्ला र प्रदेश कमिटीमा ३२ वर्षभन्दा मुनि हुनुपर्ने मापदण्ड तोकिएको छ । सर्कुलर प्राप्त भएको एक महिनाभित्र जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने भनिएको छ ।

गोरखाका श्रेष्ठ २०८० पुसमा पोखरामा भएको प्रथम अधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए ।

आउँदो दसैं आसपास अनेरास्ववियु गण्डकीले नयाँ नेतृत्व पाउनेछ । अध्यक्षमा हालका उपाध्यक्षहरू विश्वदर्शन पराजुली, सुशन घिमिरे र सहसचिव स्वीकार पोखरेलको चर्चा छ । पराजुली र पोखरेल स्याङ्जाका हुन् भने घिमिरे कस्केली हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds