दमौली । धारिलो हतियार खुँडा देखाएर आतंक मच्चाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका नेता प्रकाश लौडारीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ।
लौडारीले खुँडा देखाएर शान्ति सुरक्षामा खलल पारेकाले साउन ३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
भित्री बस्त्र मात्र लगाएर अर्धनग्न बनेका लौडारीले मादक पदार्थ सेवन गरी होहल्ला गर्दै चन्द्रावती बजार डुलेको भिडियो सार्वजनिक भएको थियो ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाका अनुसार भानु नगरपालिका–१३ चन्द्रावती निवासी लौडारीले स्थानीय भानु–१२ निवासी बलराम अधिकारी र भानु–१३ निवासी अशोक अधिकारीलाई धम्की दिएका थिए ।
अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थपेर अनुसन्धान कार्य जारी रहेको डिएसपी थापाले गण्डकन्यूजलाई जानकारी दिए ।
लौडारीले बलराम र अशोकको घरमै पुगेर खुँडा देखाएर मार्छु भन्दै आतंक मच्चाएका थिए। उनीहरु राति ढोका लगाएर घरभित्र पसेकोले बाच्न सफल भएको दाबी गरेका छन् ।
उनले खुँडाले अधिकारीका घरमा झटारो हानेका थिए। स्थानीयले प्रहरीलाई खबर गरेपछि लौडारी भागेका थिए। खुँ
लौडारी हाल काठमाडौंमा बस्दै आएका छन्। रवि लामिछानेको पक्राउविरुद्ध हस्ताक्षर संकलनका लागि लौडारी आफ्नो जन्म गाउँ आएका थिए । उनको सामाजिक सञ्जालमा सक्रियता हेर्दा लामो समयदेखि रास्वपामा सक्रिय रहेको देखिन्छ । हस्ताक्षर अभियानको पोष्टहरु पनि उनले फेसबुकमा गर्दै आएका छन् ।
लौडारीलाई भानु नगरपालिका–२ नारेश्वाटार स्थित इलाका प्रहरी कार्यालय, भानुले नियन्त्रण लिएको थियो।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु