न्यायिक कारबाहीलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विशेष अप्रेसन सञ्चालन गर्दै फरार रहेका चारजना कसूरदारलाई पक्राउ गरेको छ ।
२०८२ साउन ६ गते खटिएको विशेष प्रहरी टोलीले अदालतबाट विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरूलाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ की स्थायी बासिन्दा तथा हाल पोखरा–१५ बसोबास गर्ने मिना खाती, चापाकोट नगरपालिका वडा नं. ३ का हरिप्रसाद पौडेल, कृष्णप्रसाद पौडेल र याममाया पौडेल रहेका छन् ।
अदालतको आदेश अनुसार मिनालाई बैंकिङ कसूर मुद्दामा १० दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना र अन्य तीनजनालाई अंशबण्डा मुद्दामा जनही ५७८.७७ रुपैयाँका दरले कुल एक हजार ७३६.३९ रुपैयाँ जरिवाना तिर्न बाँकी रहेको थियो ।
सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चौधरीका अनुसार, अदालतको फैसला कार्यान्वयनमा चुस्तता ल्याउँदै फरार कसूरदारमाथि निगरानी तीव्र बनाइएको छ । यस्तो अप्रेसनले कानूनको शासन बलियो बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’