पोखरामा डेंगुको जोखिम बढेपछि पोखरा महानगरपालिका वडा कार्यालय १२ र नेपाल रेडक्रस सोसाइटी वडा १२ उपशाखाको संयुक्त आयोजनामा बुधबार डेंगु सचेतना र्याली निकालिएको छ ।
जसको उद्देश्य समुदायमा डेंगु रोगको जोखिम, रोकथाम र नियन्त्रणका उपायहरूबारे जनचेतना फैलाउनु रहेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए ।
वडा कार्यालयबाट सुरु भएको र्याली विभिन्न टोल घुम्दै पुनः वडा कार्यालयमै पुगेर समापन भएको हो । जसमा ब्यानर र सचेतनामूलक सन्देशहरू सहित सहभागीहरूले लामखुट्टे नियन्त्रण र सरसफाइको महत्वबारे स्थानीयलाई जानकारी दिएका थिए ।
वडाध्यक्ष बास्तोलाले भने, “डेंगु नियन्त्रणको मूल उपाय भनेकै सचेतना हो । प्रत्येक नागरिकले आफ्नो घर वरपर सफा राख्ने बानी बसाल्नुपर्छ ।” उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास पनि व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की कोषाध्यक्ष एवं १२ उपशाखाका समन्यकर्ता मोहनसिंह खड्काले सामूहिक सहभागिताको आवश्यकता औँल्याउँदै भने, “सामूहिक प्रयासबिना डेंगु नियन्त्रण सम्भव छैन । हामी सबै मिलेर सचेत र सफा समुदाय निर्माण गर्नुपर्छ ।”
रेडक्रस सोसाइटी वडा १२ उपशाखा सभापति इन्दिरा पन्तले स्थानीयस्तरबाटै शुरु गरिएको यस्तो अभियानले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा वडाका जनप्रतिनिधि एवं कर्मचारी, स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्था, स्वास्थ्य स्वयंसेविका, नेपाल रेडक्रस सोसाइटीका पधादिकारी, सामुदायिक सेवा केन्द्र–१२ र समाजसेवीहरूको उल्लेख्य सहभागिता थियो ।
कास्कीमा हाल करिब २ सय जना डेंगुका बिरामी रहेको सरकारी तथ्यांक छ । तीमध्ये ९५ प्रतिशत पोखराकै हुन् । गत वर्ष कास्कीमा ८ जना डेंगुका बिरामीको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो