पोखरा । वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराईले ध्वनी प्रदूषण गर्ने सवारीसाधनलाई नियन्त्रण गर्ने चेतावनी दिएका छन् ।
गत ५ साउनमा सरुवा भई आएका भट्टराईले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदूषण गर्ने मोटरसाइकललाई तत्काल कारबाही गर्न प्रहरी परिचालन गरिएसकेको बताए ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा उनले शान्तिसुरक्षा सबैको सरोकारको विषय रहेको बताए । उनले लेकसाइ८मा मोटरसाइकलले ध्वनी प्रदुषण गरेको गुनासो सुनेपछि आफूले ध्वनी प्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणका लागि प्रहरी खटाइसकेको जानकारी दिए । उनले पोखरालाई सभ्य र सुरक्षित बनाउन सबैको साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बैदाममा हुने गरेका अवान्छित क्रियाकलापलाई रोक्न भट्टराईको ध्यानाकर्षण गराएका थिए ।
बरालले रात्रीकालिन व्यवसायका कारण होहल्ला हुने गरेका कारण स्थानीयहरु प्रभावित भएको बताए । उनले लेकसाइडको हल्लनचोक देखी बाराहीघाटसम्म पार्किङको समस्या रहेको, फेवाताल किनारको फुट ट्रेल लागु पदार्थ दुव्र्यसनीको अखडा बनेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
कार्यक्रममा सामुदायिक सेव केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पूर्वअध्यक्ष लक्ष्मीनारायण श्रेष्ठ, पूर्वअध्यक्ष मीना भट्टराई लगायतले दण्डहिनता मौलाउदा शान्तिसुरक्षा खलबलिने भएकाले प्रहरी सचेत हुनुपर्ने धारणा राखे । स्वागत कार्यक्रममा संस्थाका उपाध्यक्ष सोभियत परियार र महासचिव शान्ता तिमिल्सिना, समाजसेवी नवीन बराल लगायतले लेकसाइड पर्यटकीय क्षेत्र भएकाले शान्तिसुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । उनीहरुले कास्कीका अन्य क्षेत्रभन्दा लेकसाइडलाई प्राथमिकतामा राखेर हेर्नुपर्ने सुझाव दिए ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो