स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ७ ठुलाडिही स्थायी घर भई हाल पोखरा महानगरपालिका –२६ मा बसोबास गर्दै आएका ४४ वर्षीय सुरेन्द्र रेग्मी आफ्नै बारीमा सुन्तलाको विरुवा रोप्ने क्रममा बन्दुकको छर्रा लागेर घाइते भएका छन् ।
गत साउन ६ गते रेग्मी बारीमा खाल्टो खन्दै गर्दा अचानक बन्दुक पड्किएको आवाज आएको र शरीरमा छर्रा लागेको भन्दै उनले आफन्तलाई जानकारी गराएका थिए । घटनाको अनुसन्धान गर्दा सोही ठाउँका ६९ वर्षीय हुम बहादुर शाही (ठकुरी भेना)को संलग्नता रहेको भन्दै घाइतेका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले साउन ८ गते राति ८:१० बजे शाहीलाई तनहुँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउपछिको अनुसन्धानमा शाहीले हतियार लुकाएको स्थान देखाइ दिएपछि पुतलीबजार –७ ठुलाडिहीबाट १ नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
शाहीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत म्याद थप गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।
हाल घाइते सुरेन्द्र रेग्मीको काठमाडौँस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा