लेखनाथ उद्योग वाणिज्य संघको आसन्न २९ औं वार्षिक साधारणसभा एवं १५ औं अधिवेशनको मिति तोक्ने विषयलाई लिएर अध्यक्ष र महासचिवबीचको विवाद उत्कर्षमा पुगेको छ ।
गत ४ साउनमा बसेको संघको कार्यसमिति बैठकमा महाधिवेशन मिति तोक्ने विषयलाई लिएर अध्यक्ष विनोद श्रेष्ठ र महासचिव जानुका अधिकारीबीच विवादले संघको आन्तरिक राजनीतिमा गम्भीर असर पारेको छ ।
आगामी अधिवेशन मिति भदौ १४ र १५ वा २० र २१ गते दुई प्रस्ताव राखिए पनि निश्चित निर्णय नभएपछि अधिकांश सदस्य २० र २१ गतेमा सहमत भएका थिए । यद्यपि अध्यक्ष श्रेष्ठले निर्णय अर्को बैठकमा गरिने भन्दै बैठक समापन गरेपछि विवाद चुलिएको हो । त्यसपछि महासचिव अधिकारीले अध्यक्षको असहमतिबिनै पछिल्लो मिति ‘भदौ २०–२१’ भनी निर्णय लेखिन् ।
अध्यक्ष श्रेष्ठले भने संघको विधानअनुसार १ महिनाअघि मिति तोक्नुपर्ने र चुनावी प्रचारमा अनावश्यक खर्च हुन नदिन बैठकपछि निर्णय गर्ने भनिएको स्पष्ट पारे । उनले आफू बैठक सकिएको घोषणा गरेर हिँडिसकेपछि निर्णय पुस्तिकामा मिति लेखिएको भन्दै आपत्ति जनाएका छन् ।
महासचिवले आफ्नो जिम्मेवारी निर्वाह गर्दा दुव्र्यवहार भएको भन्दै उजुरी दर्ता गरिएको बताइन् । उनले विगतमा पनि यस्तै व्यवहार भएको दाबी गर्दै न्यायको खोजीका लागि प्रहरीमा पुगेको जनाइन् ।
संघको अधिवेशन वर्ष परेकाले नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढ्दै गइरहेको छ । हालसम्म ४ सय ३९ जना नयाँ सदस्य थपिँदा कुल मतदाता संख्या २ हजार १९ पुगेको छ । यसरी भोटलाई प्राथमिकता दिँदै सदस्यता वितरण गरिएको भन्दै व्यवसायीहरूले टिप्पणी गरेका छन् । उनीहरू संघ वास्तविक व्यवसायीको होइन, राजनीतिक प्रभावमा चल्ने खतरा बढेको बताइरहेका छन् ।
आगामी नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका अधिकारीले उम्मेदवारी दिने तयारी गरेका छन् । दुवै पक्षले आ–आफ्नो टिम निर्माण गरी घरदैलो गरिसकेका छन् ।
संस्थापन पक्ष (ओझा टिम) मा उपाध्यक्ष उपेन्द्रराज सुवेदी, मेनुका श्रेष्ठ, धीरज श्रेष्ठ, महासचिव जीवन तिवारी, उपमहासचिव लक्ष्मी ढुंगाना, र कोषाध्यक्ष टीकाराम सापकोटा छन् ।
अधिकारी टिममा गोपीचन्द्र बास्तोला, विक्रम श्रेष्ठ, ध्रुवबाबु भट्टराई, भरतराज ओझा, गंगा मल्ल र हरि बस्ताकोटी छन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो